Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

विष्णु पौडेलले तोडे जनार्दनको शैली : अर्थमन्त्रालयमा भित्रियो विज्ञ टिम



काठमाडौं । अर्थमन्त्रालयको जिम्मेवारीमा विष्णु पौडेल आएसँगै अर्थसचिव र राजस्व सचिव फेरबदल भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उनले तोयम रायलाई अर्थसचिवको जिम्मेवारीमा ल्याएका छन् भने रामप्रसाद घिमिरेलाई राजस्व सचिवको जिम्मेवारीमा तानेका छन् ।

अर्थमन्त्रालयको जिम्मेवारी पाएसँगै मन्त्री पौडेलले सचिव फेर्ने इच्छा व्यक्त गरेका थिए । अर्थमन्त्री निकटले बताएअनुसार उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि पटक-पटक छलफल गरेका थिए ।

अर्थसचिवकाे जिम्मेवारीमा आएका राय वाणिज्य मन्त्रालयमा थिए भने राजस्व सचिवकाे जिम्मेवारीमा आएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवको जिम्मेवारीमा थिए । दुवै जना अर्थको विषयमा निकै जानकार पनि मानिन्छन् । अर्थसचिवको जिम्मेवारीमा तानिएका राय भन्सार र राजस्व प्रशासनमा बसेर काम गरेका अनुभवी व्यक्ति हुन् ।

अर्थमन्त्रीको रुपमा आएसँगै पौडेलले एकातिर गभर्नर कम्फर्टेबल पाएका छन् भने सचिवहरु पनि अनुकुल भित्र्याएका छन् । तत्कालिन नेकपामा केपी शर्मा ओली टिममा रहेर पनि प्रचण्ड नजिक भएका उनलाई पछिल्लो निर्णयसँगै सबैतिर कम्फर्ट मिलेको छ ।

अर्थमन्त्रीको जिम्मेवारीमा आएसँगै पौडेलले छोटै समयमा व्यवसायी र उद्योगीअनुकुल नीतिमार्फत लोकप्रियता कमाएका छन् । उनी आएसँगै पुँजीबजारमा उत्साह छाएको छ ।

जनार्दनको अलोकप्रिय शैलीलाई क्रस

हाल अर्थसचिवका रुपमा कृष्णहरि पुष्कर र राजस्व सचिवका रुपमा रामेश्वर दंगाल कार्यरत छन् । अनौठो विषय दंगाल राजस्व प्रशासनमा केही जानकार भएपनि पुष्कर अर्थ तथा राजस्व प्रशासनका जानकार होेइनन् ।

अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले अर्थ र राजस्व प्रशासनमा कुनै ज्ञान नभएका पुष्करलाई राजस्व हुँदै अर्थसचिव बनाएका थिए । शर्मा नजिक मानिने पुष्करलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउँदा अर्थमन्त्रालयको प्रणाली नै भत्काउन खोजिएको भन्दै उनको विरोध पनि भएको थियो ।

राजस्व सचिवको जिम्मेवारीमा रहेका दंगाल जानकार भएपनि शर्माको अगाडि नतमस्तक थिए ।

आर्थिक संकट चुलिनुमा अनुभव तथा ज्ञानबिहीन नेतृत्व भएको कतिपयको टिप्पणी छ । जसलाई अहिलेका अर्थमन्त्रीले क्रस गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा