back
CTIZAN AD

पाँचखालका १६ विद्यालयलाई प्रविधिमैत्री सामग्रीको सहयोग

वि.सं.२०७९ पुस २२ शुक्रवार

684 

shares

बनेपा । नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ ।

सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्थापन गर्दै आएको बताए ।

“नयाँ प्रविधिले शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने भएकाले नगरले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आवश्यक सामग्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता दिएका छौँ”, उनले भने । विद्यालयलाई सामग्री हस्तान्तरणसँगै कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिन प्रधानाध्यापकलाई उहाँले आग्रह गरेका छन् ।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामग्रीको सदुपयोग गर्न विद्यालय प्रशासनलाई अनुरोध गरेका छन् । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयलाई आवश्यकताका आधारमा टिभी, प्रिन्टर, ल्यापटप, प्रोजेक्टर तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेका बताए । उनका अनुसार रु आठ लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको छ ।

पाँचखाल–३ का वडाध्यक्ष सुन्दर अधिकारी, नगरपालिका शिक्षा शाखाका अनुसार प्रमुख उदय कोइराला, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खरेलले सामग्री हस्तान्तरण गरेका हुन् ।

 

वि.सं.२०७९ पुस २२ शुक्रवार १७:०६ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...