back
CTIZAN AD

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढाएको परिसंघको दावी

वि.सं.२०७९ पुस २५ सोमवार

612 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसंघले दिएको छ ।

परिसंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचकता देखाएर संशोधन गर्दा निजी क्षेत्रको खस्केको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह भएको जनाएको हो ।

‘उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव आंशिक रुपमा सम्बोधन भएको छ’, परिसंघले विज्ञप्तिमार्फत भनेको छ । संशोधित मार्गदर्शनबाट यसअघि ५० लाखसम्म चालू पूँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पु¥याइएकामा त्यसलाई परिसंघले सकारात्मक भनेको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने उसको भनाइ छ ।
त्यस्तै, पुराना चालू पूँजी कर्जाको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिएमा २०८२ असार मसान्तसम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक रहेको धारणा परिसंघको छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिवार्य व्यवस्था गर्नुभन्दा अधिक समय दिई कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीलाई सहज उसले जनाएको छ । मार्गदर्शनमा व्यवस्था रहेको रु पाँच करोडभन्दा कमको चालू पूँजी कर्जाको हकमा ग्राहक स्वयम्बाट प्रमाणित त्रैमासिक विवरण तथा पाँच करोडभन्दा बढीको चालू पूँजी कर्जाको हकमा आन्तरिक लेखा परीक्षकबाट प्रमाणित अर्धवार्षिक विवरण बुझाए हुने व्यवस्थाले उद्योगी व्यवसायीहरुलाई सहज भएको पनि परिसंघले जनाएको छ ।

मार्गदर्शनका संशोधित व्यवस्था समग्रमा सकारात्मक भए पनि त्यसलाई कार्यान्वयन गर्न भने केही चुनौतीपूर्ण हुने परिसंघको बुझाइ छ । ‘संशोधित चालू पूँजी कर्जा मार्गदर्शनमा गरिएको सकारात्मक व्यवस्थाका बाबजुद यसले उद्योगी व्यवसायीका समस्यालाई पूर्णरुपमा सम्बोधन गर्न सकेको छैन । मार्गदर्शनमा भएका व्यवस्थाका बारेमा ग्राहक, बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबीच बुझाइमा एकरुपता हुन अत्यावश्यक छ’, परिसंघले भनेको छ । मार्गदर्शनबारे स्पष्टता कायम गर्नका लागि राष्ट्र बैंकले तालिम तथा परामर्शका साथै सहजीकरणका लागि विज्ञसँग पहुँचसहितको हेल्प डेस्क अथवा कल सेन्टरको व्यवस्था गर्न परिसंघले आग्रह गरेको छ ।
गत कात्तिक १ गतेदेखि लागू भएको चालू पूँजीसम्बन्धी मार्गदर्शन, २०७९ लाई पहिलोपटक संशोधन गर्दै राष्ट्र बैंकले गत बुधबारबाट नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि ५० लाखभन्दा माथिको व्यावसायिक कर्जामा चालू कर्जासम्बन्धी व्यवस्था लागू हुने व्यवस्था रहेकामा अहिले त्यसलाई संशोधन गरेर रु एक करोड बनाइएको छ । अर्थात् अब चालू कर्जासम्बन्धी विद्यमान व्यवस्था लागू हुने न्यूनतम कर्जाको सीमा एक करोड हुनेछ ।
त्यसैगरी, दुई करोडभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’का लागि पाँच वर्षसम्मको ऋण पाउने गरेकामा त्यसलाई संशोधन गर्दै तीनदेखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको चालू सम्पत्ति तथा दायित्वको नियमित मूल्यांकन गरेर दिइने कर्जा चालू कर्जा हो । छोटो अवधिको कर्जाका रुपमा लिइने चालू पूँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले सामान्यतया चारवटा शीर्षकमा चालू पूँजी कर्जा दिने गरेका छन् । जसमा क्यास क्रेडिट कर्जा, अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा र चालू पूँजी प्रयोजनको आवधिक कर्जा पर्दछन् ।

वि.सं.२०७९ पुस २५ सोमवार ०९:२६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...