back
CTIZAN AD

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेश

वि.सं.२०७९ पुस २५ सोमवार

855 

shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आव्हानसँगै आइतबारै ३२ सांसदको हस्ताक्षरसहित तयारी अवस्थामा रहेका अधिकारीले आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ३३ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

अधिकारीलाई आफ्नो पार्टीका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ गरी ३२ प्रदेश सांसदको समर्थन रहेको छ । साथै अधिकारीलाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि अन्तिममा समर्थन गरेका छन् । त्यसपछि अधिकारीको समर्थनमा ३३ सांसद पुगेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका खगराज मंसीर ४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा कास्की १(१) बाट विजयी भएका थिए ।

आइतबार बेलुका सत्ता साझेदार दलबीच भएको बैठकमा प्रदेशको बाँडफँट टुंग्याइएको थियो । सो बैठकको निर्णय अनुसार नेकपा एमालेले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा पूरै कार्यकाल मुख्मन्त्री चलाउन पाउने भएको छ ।

वि.सं.२०७९ पुस २५ सोमवार १५:०२ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...