back
CTIZAN AD

कसैले कसैलाई निषेध गरेर म मात्र अगाडि बढ्छु भन्ने अवस्था अहिले छैन–राजेन्द्र लिङ्देन

वि.सं.२०७९ पुस २५ सोमवार

996 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले जनताले कुनै पनि एक पार्टीलाई पूर्णरुपमा विश्वास गर्न नसकेको अवस्थामा कसैले कसैलाई निशेष गरेर अगाडि जान नसकिने बताएका छन् ।

मंसीर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि सोमबार बसेका प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने–‘हामी कसैले कसैलाई निशेष गरेर म मात्रै अगाडि बढछु भन्ने अवस्था छैन । हामी सबैका विचार भन्दा माथि देश छ । देशभन्दा माथि अर्को केही छैन । देशलाई शिरमा राखेर मुलुकका यावत समस्याहरु सामुहिक रुपमा समाधान गर्ने दिशातर्फ अग्रसरि हुन सकौं ।’ अध्यक्ष लिङ्देनले भने ।

राप्रपाले यहि जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, शुसासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झै दृढताका साथ उभिने बताउँदै आफ्नो पार्टी मुलुकमा अस्थिरताको कारक नबने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष  लिङदेनले यतिबेला देशको सबै क्षेत्र ओरालो लागेको, अर्थतन्त्रको अवस्था खराब गतिमा भएको, बेरोजगारीका कारण उमेर पुग्नासाथ युवाहरुले राहदानी बनाएर आमाबाबु अनि देशको काख छोडेर परिवारको पेट पाल्न हिँड्नुपर्ने एउटा नियति जस्तो बनेको र विकास निर्माणको गति सुस्त मात्र नभएर अहिले ठप्पको अवस्थामा रहेको बताउँदै आफु्हरु समस्या र चुनौतीको चाङ रहेका बेला आफुहरु प्रतिनिधिसभामा आएको बताए ।

वि.सं.२०७९ पुस २५ सोमवार १५:२७ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...