काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार २१.३४ अंकले आरोलो लाग्दै नेप्से पुनः २१ सयको बिन्दुमा झरेको छ । ९८ अंकको उतारचढावका बीच २१.३४ अंकको गिरावट हुँदै नेप्से २१९०.४२ अंकमा रोकिएको छ ।
दोहोरो अंकले घटेको नेप्सेमा कारोेबार रकम भने ११ महिना यताकै उच्च भएको छ । मंगलबार दुई करोड बढीको सेयर किनबेच हुँदा सात अर्ब ६८ करोड बढी रुपैयाँको कारोबार भएको छ । यसअघि २०७८ माघ २० गते साढे आठ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक ०.६० प्रतिशतले उकालोको छ। म्युचुअल फन्ड समूह पनि ०.२२ प्रतिशतले बढेको छ।
आज बैंकिङ समूहमा सर्वाधिक ४.३१ प्रतिशतले ओरालो लागेको छ।
होटेल तथा पर्यटन समूह ३.४१ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.०६ प्रतिशत, जलविद्युत समूहमा ०.६८ प्रतिशत, लगानी समूहमा १.१९ प्रतिशत, जीवन बीमा समूहमा २.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा २.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८७ प्रतिशत, अन्य समूहमा २.४८ प्रतिशत र व्यापार समूहमा २.५६ प्रतिशतको गिरावट आएको छ।
वि.सं.२०७९ पुस २६ मंगलवार १५:४९ मा प्रकाशित


























