back
CTIZAN AD

पत्याउनु हुन्छ ! इलाममा गाई पनि रेडियो सुन्छन्

वि.सं.२०७३ चैत २३ बुधवार

960 

shares

cow२३ चैत, युवराज पाण्डे, इलाम,फिक्कल । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ रु तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ (फिँज काडेर) मस्त हुन्छन् ।

सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताउनुभयो ।

उहाँले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिनुभयो ।

गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन घट्दैन उहाँले भन्नुभयो । सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उहाँले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।

व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु १० हजार ५०० सम्म आम्दानी लिनुभएका रेग्मीले अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – व्यावसायिक गाईफार्ममा दूधबाट मात्रै आम्दानी लिदैनाँै, गाईको मल र मूत्रबाट पनि आम्दानी लिइरहेका छौँ । युवा धेरै विदेशिएको अवस्थाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचका साथ आफ्ना तीन भाइको सल्लाहमा व्यावसायिक गाई फार्म सञ्चालन भएको जानकारी दिँदै रेग्मीले तत्काल नाफाभन्दा पनि पाँच वर्षको लक्ष्य लिएर फार्म सञ्चालन गरेको बताउनुभयो ।

उहाँले परम्परागतरुपमा गरिने गाईपालनबाट लक्ष्य हासिल गर्न कठिनाइ हुने तर्क गर्दै आधुनिक र समयसापेक्ष रुपमा गाईपालन गर्दा कति दाना गाईलाई खुवाउँदा लागत घट्छ त्यसको हेक्का राख्नुपर्छ भन्नुभयो ।

गाउँघरका धेरै साथी विदेश गए, मलाई पनि जाउँ जाउँ लागेको थियो, तर उनीहरु फर्केपछि पुरानै अवस्थामा आए । त्यही भएर दिगो लाभ लिन मैले गाईफार्म सञ्चालन गर्ने सोच बनाएँ, गाई फार्म सञ्चालनको कारण बताउँदै रेग्मीले सुनाउनुभयो ।

विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा रु १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा रु ५० लाखको लगानी भएको थियो ।

गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुनुहुन्छ । ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर छदेखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने जानकारी दिँदै उहाँले बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने बताउनुभयो ।

व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख गर्नुभयो ।

भारतको पटनाबाट झन्डै रु तीनलाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गर्नुभएको छ ।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले पशुको मनमा भएको त्रास हटाउन संगीत प्रयोगमा आएको जानकारी दिँदै त्यसबाट उत्पादनमा वृद्धि हुने र पशु स्वास्थ्य पनि राम्रो हुने बताउनुभयो ।

वि.सं.२०७३ चैत २३ बुधवार ०५:४५ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...