Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

कपिलले ल्याए ‘भूकम्प’



kapil-nepalअष्ट्रेलियामा रहेका नेपाली व्यवसायी कपिल नेपालले भूकम्पको पीडा समेटिएको ‘भूकम्प’ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
अष्ट्रेलियामा उत्कृष्ट व्यवसायीको रुपमा आफूलाई स्थापित गरेका पाल्पाका कपिलले उक्त गीत ‘२०७२ सालको गोरखा भूकम्प’ पीडितहरुमा समर्पित गरेका छन् ।
नेपालको आफ्नै लेखन रहेको उक्त गीतमा चर्चित गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको छ भने शिखर सन्तोषको म्युजिक, नविन बरालको फोटो, देवि गुरुङको क्यामरा, विष्णु अधिकारीको व्यवस्थापन, डा. सन्तोष नेपालको क्रियसन र सम्पादन प्रकाश तुलाधरको रहेको छ ।