back
CTIZAN AD

न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा मोहन ज्ञवाली नियुक्त

वि.सं.२०७३ चैत २३ बुधवार

813 

shares

mohan-gawali

न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यहि अप्रिल १ देखि लागु हुने गरि दुई बर्षका लागि कम्युनिटी बोर्ड ५ मा नियुक्त गरेको पत्र प्रदान गरेका हुन । समस्यामा परेका धेरै नेपालीहरुलाई सहयोग गर्दै आएका ज्ञवालीको समाजसेवी भावनाको कदर गर्दै कम्युनिटी बोर्डमा नियुक्त गरिएको क्वीन्स बोरो प्रेसिडेन्ट मेलिण्डा कट्जद्धारा दिईएको नियुक्त पत्रमा उल्लेख छ ।

सन् १९९६ देखि न्यूयोर्कमा बसोबास गर्दै आएका ज्ञवाली रिजउड नेपाली समाज न्यूयोर्कको संस्थापक अध्यक्ष, अमेरिका नेपाल चेम्बर अफ कर्मशको संस्थापक अध्यक्षका साथै प्रस्तावीत एभरेष्ट फेडेरल क्रेडिट युनियनका समेत अध्यक्ष हुन् । न्यूयोर्क सिटी कम्पोट्रलरबाट साउथ एशिएन हेरिटेज अवार्ड लगायतका दर्जनौ अवार्ड पाएका समाजसेवी ज्ञवाली एनआरएन अमेरिकाका बर्तमान बोर्ड अफ डाईरेक्टर समेत हुन् । न्यूयोर्क शहरमा राजनीतिक नियुक्ती पाउने ज्ञवाली सम्भवत पहिलो नेपाली हुन् ।

स्थानिय सरकार मानिने यस बोर्डको कार्यक्षेत्र न्यूयोर्क शहरको क्वीन्स बोरो अन्र्तगत रिजउड, मास्पेथ, मिडल भिलेज, गेलेण्डल र उडसाईड क्षेत्रको केहि भाग समेत पर्दछ । बोर्डले शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर ब्यवसाय, जन सुरक्षा सार्वजानिक यातायत, सरसफाई, बजेट, प्रहरी लगायतका बिषयमा स्थानिय सरकारसंग कार्य गर्दछ ।

नेपालको अर्घाखांची जिल्लामा जन्मेर हाल न्यूयोर्कमा व्यवसाय गर्दै आएका ज्ञवालीले आफ्नो नियुक्ती पश्चात आफुलाई समाजसेवामा थप उर्जा प्राप्त भएको बताए । न्यूयोर्कमा धेरै नेपालीहरुको लामो समय देखि बसोबास रहे पनि स्थानिय राजनितीमा पंहुच पुग्न नसकेको बेला आफ्नो नियुक्तीले सबैलाई टेवा पुग्ने ज्ञवालीको भनाई छ।

वि.सं.२०७३ चैत २३ बुधवार ०४:३० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...