back
CTIZAN AD

चितवनका सबै स्थानीय निकाय जित्ने एमालेको दावी

वि.सं.२०७३ चैत २३ बुधवार

819 

shares

chitwan-uml

२३ चैत्र। खोलेसिमल (कालिका) । नेकपा एमाले चितवनका अध्यक्ष कृष्ण भट्ट पोख्रेलले आगामी बैसाख ३१ गतेको निर्वाचनमा चितवनका सबै स्थानीय निकायमा एमालेका उम्मेदवार विजयी हुने बताएका छन् । नेकपा एमालेको जनमुखी कामका कारण जनताले एमालेलाई माया गरेको उनले बताए ।
नेकपा एमाले कालिका नगरपालिका वडा नं. ६ वडा कमिटीद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष पोख्रेलले कांग्रेस र माओवादीले स्थानीय निर्वाचन गर्न नचाहे पनि एमालेको दवावको कारण निर्वाचन गर्न बाध्य भएको बताए । नेकपा एमालेको देशभर जनलहर बढेकाले कांग्रेस र माओवादी अत्तालिएको समेत उनले बताए ।
चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबै तहमा एमालेको विजय सुनिश्चित समेत उनले दावी गरे । जनताका हरेक सुख दुःखमा एमालेको साथ रहेकोले जनताले एमालेलाई मतदान गर्न आतुर रहेको आफुले पाएको उनले बताए ।
संविधान संशोधन गर्न एमाले बाधक रहेको भन्ने सत्ताधारी दलको धारणा गलत रहेको भन्दै चितवन क्षेत्र नं. ३ का सांसद समेत रहेका एमाले अध्यक्ष पोख्रेलले देशको सार्वभौमिकता र राष्ट्रियतामा आँच आउने गरी संविधान संशोधन गर्न नदिई देशलाई फिजीकरण हुन बाट एमालेले बचाई राखेको समेत उनले बताए ।
सो कार्यक्रममा युवा संघ वडा कमिटीमा निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठ सहित १ सय १ जना युवाहरुलाई सपथग्रहण गराइएको थियो भने विभिन्न राजनैतिक पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाइ टिका लगाएर स्वागत गरिएको थियो । नेकपा एमाले कालिका वडा नं. ६ का संयोजक होम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक चेत बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्यहरु बिनोद रेग्मी, गोपी श्रेष्ठ, जयचन्द्र प्रसाद चौधरी, जिल्ला सल्लाहकार सदस्य यादव प्रसाद पाठक, पूर्व क्षेत्रीय सदस्य टिकाराज रिजाल, दिपक लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०७३ चैत २३ बुधवार ०४:१५ मा प्रकाशित

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...