back
CTIZAN AD

चियापानमा देखिएको राप्रपाभित्रको उत्साह

वि.सं.२०७९ पुस २७ बुधवार

933 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार भृकुटीमण्डपमा चियापान आयोजना गरेको थियो । सत्ता राजनीतिमा फेरिएको शक्तिसँगै राप्रपाको चियापान पनि यसअघिको भन्दा केही फरक र विशेष पनि देखियो । चियापानमा राप्रपाका नेताहरुको खचाखच उपस्थिति त थियो नै कार्यकर्ता र शुभेच्छुकहरुको पनि बाक्लो उपस्थिति देखिन्थ्यो ।

सत्ता राजनीतिमा फेरिएको शक्तिसँगै राप्रपाका नेताहरुको पनि शैली फेरिएको आभास चियापानमा भयो । पछिल्लो चुनावबाट राज्यसत्तामा बलियो रुपमा आएको राप्रपामा निकै उत्साह पनि देखिन्थ्यो ।

चियापानमा उपस्थित सबैजसो नेताहरुको अनुहारमा उज्यालो देखिन्थ्यो । चुनावी जितसँगै उत्साहित अध्यक्ष राजेन्द्र लिङ्देनको उत्साह स्वागतमा देखिन्थ्यो । उनी यति उत्साहित थिए कि उनले स्वागतसँगै मिलेसम्म प्रायः नेता तथा कार्यकर्तासँग सेल्फीसमेत खिच्न भ्याइरहेका हुन्थे ।

चियापानमा अन्य दलका नेताहरुको उपस्थितिले पनि अध्यक्ष लिङदेनलाई उत्साह भरेको देखिन्थ्यो । कांग्रेस वरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेका नेता रघुजी पन्तलगायतको उपस्थितिले उनी उत्साहित थिए ।

पार्टी अध्यक्षबाट हारेपछि बेग्लै पार्टी खोलेका कमल थापाको पनि उपस्थितिले लिङ्देनमा निकै उत्साह छाएको देखिन्थ्यो । अन्य दलका नेतासँग नमस्कार र हात मिलाएका लिङ्देनले कमल थापासँग अंकमाल नै गरेका थिए ।

राप्रपामा उत्साहित हुनुपर्ने विषय अर्को पनि थियो, राप्रपाकै प्रस्तावमा पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा नै दिएको छ । जुन विषयमा राप्रपा एजेण्डागत हिसाबले सफल भएको मानिन्छ ।

रविन्द्रलाई चिनजान र सेल्फी खिच्न भ्याईनभ्याई

अध्यक्ष लिङ्देनसहितका नेताहरु स्वागतमा रहँदा उपाध्यक्ष रविन्द्र मिश्रलाई भने नेताहरुसँग चिनजान गर्न भ्याई नभ्याई देखिथ्यो । उनी नयाँ भएकै कारण पनि धेरै नेता तथा कार्यकर्तासँग अपरिचित थिए । उनी आफैं पनि चिनजान गर्न र सेल्फी खिच्न तम्सिरहेका देखिन्थे ।

पूर्वसञ्चारकर्मी भएकै कारण पनि मिश्रप्रति मिडियाकर्मीको पनि चाँसो थियो । उनलाई थुप्रै मिडियाकर्मीले पछ्याइरहेका देखिन्थ्यो ।

तर, चियापानमा नेता र कार्यकर्ताबीच भने विभेद

राप्रपाको चियापानमा नेता र कार्यकर्ताबीच भने निकै विभेद देखियो । चिया र खाजा सेटमै दुई थरी थियो । कार्यकर्ता तथा सुभेच्छुकलाई खाजासँगै पिउने पानीको समेत व्यवस्था त्यहाँ थिएन । कार्यकर्तालाई मिठाइजन्य कुराहरु थिएनन् भने विशिष्टलाई मिठाईसहित केही राम्रा खानेकुरा थिए । कार्यकर्तालाई चियाको व्यवस्था मात्रै हुँदा नेता तथा विशिष्टलाई इच्छाअनुसार चिया र कफीको व्यवस्था थियो ।

वि.सं.२०७९ पुस २७ बुधवार १६:३४ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...