काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २९ औं वार्षिक साधारण सभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुनु आउने बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एम.जि. एस. एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।
कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८\७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७÷७८ को तुलनामा आ.व. २०७८\७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ ।
साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पुस ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
वि.सं.२०७९ पुस २८ बिहीवार ०८:२४ मा प्रकाशित






























