back
CTIZAN AD

महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

वि.सं.२०७९ पुस २९ शुक्रवार

729 

shares

नयाँदिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन ्।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो ।“आज बिहान यहाँ नासिक–शिर्डी राजमार्गमा वावी पठारे गाउँ नजिकै एउटा मालबाहाक ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ,“ स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् । निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहात दिने घोषणा गरेका छन् । (रासस–सिन्ह्वा)

वि.सं.२०७९ पुस २९ शुक्रवार १७:२० मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...