back
CTIZAN AD

पोखरा जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तलाई बुझाइयो

वि.सं.२०७९ माघ ४ बुधवार

681 

shares

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताउनुभयो । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

वि.सं.२०७९ माघ ४ बुधवार ०९:४५ मा प्रकाशित

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...