Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

एमालेले मन्त्री छनोटमा किन ‘कमजोर’लाई अगाडि सार्‍यो ?



काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा (एमाले)का मात्रै आठ जना मन्त्री छन् । दोस्रो वरियतामा उपप्रधानसहित एमालेले महत्वपूर्णं मानिने अर्थ, रक्षा, परराष्ट्र र स्वास्थ्यलगायतका मन्त्रालयको जिम्मेवारी लिएको छ । एमालेले महत्वपूर्णं मन्त्रालयहरु पाए पनि मन्त्री छनोटमा भने निकै कमजोर पृष्ठभूमिका पात्रलाई अगाडि सारेको छ ।

एमालेको तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका विष्णु पौडेल अर्थको विषयमा विज्ञ होइन तर, उनी अर्थमन्त्रालय चलाउने विषयमा राम्रो अनुभवी भने मानिन्छन् । अर्थमन्त्री बनेका पौडेलबाहेक अन्य मन्त्रीहरुको प्रोफाइल भने निकै कमजोर खालको देखिन्छ । कतिपय मन्त्रीहरु एमालेभित्रै पनि राम्रोसँग स्थापित छैनन् ।

परराष्ट्रको नेतृत्वमा पुगेकी विमला राई पौड्याल न परराष्ट्र मामिलाकी जानकार हुन् न त राजनीतिक रुपमै उनको प्रोफाइल आशा जगाउने खालको छ । एनजिओकर्मी पौड्याल एमालेभित्रको गुट राजनीतिबाट फाइदामा मनोनित राष्ट्रिय सभा सदस्य हुन सफल पात्र हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकटताको आधारमा राष्ट्रिय सभा सदस्य बनाएकी थिइन् ।

यता, रक्षा मन्त्रालयको नेतृत्वमा पुगेका हरि उप्रेतीको अवस्था पनि उस्तै छ । सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उप्रेती न त रक्षाको मामिलामा जानकार पात्र हुन् न त एमालेभित्रै पनि राम्रोसँग स्थापित पात्र हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेकै कारण उप्रेतीले रक्षाको जिम्मेवारी पाएका हुन् । दोस्रो पटक सांसद छिरेका उप्रेतीलाई रक्षा जस्तो महत्वपूर्णं मन्त्रालयको जिम्मेवारी कसरी सम्हाले ? सकस देखिन्छ ।

एमालेले निकै महत्वपूर्णं र संवेदनशील मानिने स्वास्थ्य मन्त्रालयमा पनि नयाँ र अनुभवविहीनलाई जिम्मेवारी दिएको छ । २०७८ मा केन्द्रीय सदस्य बनेका पर्वतका पदम गिरीलाई एमालेले स्वास्थ्य मन्त्रालयको बागडोर सुम्पीएको छ । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पदम गिरी एमालेको विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । तर, राष्ट्रिय स्तरमा त्यति छवि नबनाएका उनलाई एमालेले भागवण्डा हुँदा महत्वपूर्णं मन्त्रालयको जिम्मेवारी सुम्मेको हो ।

सरदर तहकै नेतालाई मन्त्री

एमालेले मन्त्री छनोटमा करिब सरदर खालकै नेतालाई अगाडि सारेको छ । कतिपय नियमित सांसद भइरहने छन् भने कतिपय आरंक्षण कोटाबाट मन्त्री बन्ने तहका पनि छन् । एमालेले माओवादी समूहबाट पनि एक जनालाई मन्त्री बनाएको छ ।

एमालेले बैतडीका नेता दामोदर भण्डारीलाई उद्योगमन्त्री बनाएको छ भने धनकुटाका नेता राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था मन्त्री बनाएको छ । त्यस्तै, सुनसरीकी भगवती चौधरीलाई महिला तथा बालबालिका मन्त्री बनाएको छ भने पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साहलाई कृषि मन्त्री बनाएको छ । उल्लेखित चारै मन्त्री सरदर तहका मन्त्री हुन् । कतिपय कोटाबाट पनि मन्त्री बनेका छन् ।

गठबन्धन नै अन्योल हुँदा कमजोरलाई जिम्मेवारी

एमालेभित्र अहिलेको सत्ता गठबन्धन टिकिरहन्छ भन्ने यकिन छैन । सभामुख र राष्ट्रपतिको निर्वाचन वरिपरि गठबन्धन भत्किने जोखिम एमालेले देखिरहेको छ । एमालेका एक नेता गठबन्धन टिक्ने नटिक्नेमा अन्योल कायमै रहेको स्वीकार्छन् ।

“सभामुख र राष्ट्रपतिको चयन कसरी हुन्छ, त्यो अन्योल नै छ”, ती नेताले भनेका छन्, “यी दुई सभामुख र राष्ट्रपतिको निर्वाचन प्रक्रियापछि एमालेले बेग्लै निर्णय लिन सक्छ । परिस्थिति फेरिएन भने मन्त्री पनि फेरबदल हुन सक्छन् ।”

अर्कोतर्फ, प्रचण्डलाई सफल बनाउनुपर्ने चिन्ता एमालेसँग नरहेको पनि विश्लेषकहरुको टिप्पणी छ । बाम विश्लेषक मुकुन्द आचार्य एमालेले मन्त्री छनोट गर्दा कमजोेरलाई पठाउनु प्रचण्डलाई असफल बनाउने नियत भएको बताउँछन् । यो लेनदेनको राजनीतिमा हुने नियम नै भएको उनको भनाई छ ।

“ओली र प्रचण्डबीच शक्तिकै लडाईँ छ, एकले अर्कोलाई कसरी सिध्याउने भन्ने लडाईँ खुलेआम नै देखिन्छ”, उनले भनेका छन्, “यस्तोमा एउटाले अर्कोलाई सहयोग गर्ने वा सफल बनाउने भन्ने हुँदैन, कुटनीतिक रुपमा भूमिका जे देखिएपनि वास्तविकता त्यहि हो ।”

याे पनि…

परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको