काठमाडौ । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतार चढाव आइरहेको छ।
मंगलबार १ लाख ५ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबारको बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार १ लाख ४ हजार ६ सय रुपैयाँ प्रतितोला कारोबार भएको तेजावी सुनको भाउ बुधबारको बजारमा १ लाख ४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार प्रतितोला १३९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारको बजारमा १५ रुपैयाँ घटेर प्रतितोला १३७५ रुपैंयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ४ बुधवार १४:०६ मा प्रकाशित






























