काठमाडौं । नेपाली कांग्रेसले सांसद इश्वरी न्यौपानेलाई प्रतिनिधि सभाको सभाामुख बनाउने भएको छ ।
न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउन महामन्त्रीहरु ग्गन थापा, विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरु संसदीय दलका नेता शेरबहादुर देउवासँग बैठक बसेर टुंगो लगाइने बताइएको छ ।
कांग्रेसले यसका लागि प्रतिपक्षमा बसेका दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतकासँग छलफल गरिरहेको बताइएको छ । न्यौपाने, कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
यता सत्तारुढ दलले नेकपा एमालेका नेता देवराज घिमीरेलाई सभामुखमा प्रस्ताव र समर्थन गर्दै उम्मेदवारी मनोनयन गराइसकेको छ । सभाामुख पदमा घिमीरे र न्यौपानेको प्रतिश्पर्धा हुने भएको छ ।
वि.सं.२०७९ माघ ४ बुधवार १४:३८ मा प्रकाशित






























