काठमाडौं । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
केही समयदेखि चीन र थाइल्याण्डका शहरमा पुगेर उपचार गराउँदै आएका पुन केहीदिन अगाडि गृहजिल्ला पुगेका बेला गम्भीर विरामी भएका थिए । उनलाई तत्कालै हेलिकप्टरबाट काठमाडौं ल्याएर ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
वंशाणुगत रुपमा कलेजोमा समस्या देखिएकाले उनको कलोजो फेर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।
उपमहासचिव पुनको उपचारमा संलग्न डाक्टर युवाराज शर्माका अनुसार पुनको कलेजोमा ८० प्रतिशत संक्रमण भइसकेको हुनाले प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्न सुझाव दिइएको हो ।
वि.सं.२०७९ माघ ४ बुधवार १५:१० मा प्रकाशित






























