back
CTIZAN AD

नेपाल लाइफको डिजिटल धमाका, वीमा नविकरणमा विभिन्न उपहार

वि.सं.२०७९ माघ ४ बुधवार

750 

shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

कम्पनीका अनुसार यस माघ महिना भरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ ।

भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इयरबडस् प्रदान गरिने तथा पहिलोपटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्नेहरुलाई रू १०० क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ ।

कम्पनीले हाल बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइ.पी.एस, आई एम ई(पे र प्रभु(पे संग सम्झौता गरेको छ ।

यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १२:५४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...