back
CTIZAN AD

बैदेशिक रोजगारको चुनावमा डा. ईश्वर जिसीको समूहप्रति आकर्षण बढदै

वि.सं.२०७९ माघ ४ बुधवार

1.1K 

shares

भरत गौतम । माघ ६ गते हुने नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा डा. ईश्वर जिसीको समूहले प्रभाव बढाउँदै लगेको छ ।
‘देश विकासको आधार, सम्मानीत बैदेशिक रोजगार’ भन्ने मुल नारा बनाएर निर्वाचनमा होमिएको यो समुहमा प्राज्ञिक, बौद्धिक, अनुभवी र ईमान्दारहरुको संख्या बढि रहेकोले यो समूहप्रति आकर्षण बढेर गएको हो ।

कुनै पनि प्रकारको एकाधिकारका पक्षमा नलाग्ने तथा सवै ब्यवसायीले समान र सहज रुपमा ब्यवसाय गर्ने वातावरण निर्माणका निम्ती लिखित प्रतिबद्धतासहित चुनावी मैदानमा आएको यो समुहले स्वदेशमा पर्याप्त र भरपर्दो रोजगारका अवसरहरु नभएकोले वैदेशिक रोजगार नेपालीको एक मात्र विकल्प भएको बताएको यो समुहले निर्वाचीत भएको तीन महिनाभित्र नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको भवन निर्माण गर्न शुरु गर्ने, बैदेशिक रोजगार ऐन २०६४ मा भएको प्रावधान अनुसार लगातार २ वर्ष भित्र वार्षिक १०० संख्या कामदार नपठाएमा लाइसेन्स खारेज गरिने र ब्यवसायीले लिन पाउने सेवाशुल्कमा १ महिनाको तलब बराबर हुने गरी कानुन संशोधन गर्न सरकार संग पहल गर्ने बताएको छ ।

यो समुहले सबै प्रकारको बैदेशिक रोजगार ब्यवसायमा रहेका सिन्डिकेटहरुको अन्त्य गर्ने, बैदेशिक रोजगार कसुर फौजदारी कानुन अन्तर्गत नभई देवानी तथा बाणिज्य कानुन अन्तरगत फस्र्यौट गराउन पहल गर्ने, बैदेशिक रोजगारमा आउने उजुरीहरु संघको कार्यालयमा ल्याई मध्यस्थता गर्ने ब्यवस्था मिलाउने, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उद्धेश्य अनुरुप ब्यवसाय प्रवद्र्धनमा समेत उपयोग गर्न र भविष्यमा आई पर्ने कोभिड जस्ता आर्थिक संकटकालमा ब्यवसायीले जम्मा गरेको धरौटी रकमबाट पछि भुत्तानी गर्ने गरी उपयोग गर्न पाउने ब्यवस्था मिलाउने जनाएको छ ।

यसैगरी मागपत्र प्रमाणिकरण सम्वन्धी समस्या समाधान गर्न बिदेशमा रहेका कुटनितीक नियोग तथा दुताबासमा सहजिकरणको लागि पहल गर्ने, आईटीमैत्री प्रणालीलाई मान्यता दिने ब्यबस्थाको प्रयास गन पुर्वस्विकृती सम्वन्धी दफा १५ देखी १९ सम्मको ब्यवस्था खारेज गरी रोजगार सम्झौता अनुसार अन्तिम स्विकृति लिन ब्यवस्थाका निम्ती ऐन संशोधन गर्न पहल गर्ने, घरेलु श्रमीकहरुलाई सुरक्षीत रुपमा वैदेशिक रोजगारमा जानको लागि सिपमुलक तालिमको ब्यवस्था गरी वातावरण तयार गर्ने, FEIMS मा देखिएका समस्या समाधान गरी झन्झटिलो प्रकृया अन्त्य गर्ने कुरा पनि उल्लेख गरीएको छ ।

धरौटी वृद्धि भईसकेको अवस्थामा पनि छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था अन्त्य गर्न पहल गर्ने, मासिक शुल्क तथा सदस्यता नविकरण लगायतका सहजिकरणको लागि कार्यालयमा नै कर्मचारी खटाउने वा अनलाईनमार्फत नै भुक्तानी गर्ने ब्यवस्था मिलाउने, श्रम गन्तब्य मुलुकहरुसँग समन्वय गरि बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षा तथा अन्य सेवा सुविधाको ग्यारेन्टी गर्न पहल गर्ने, खुला भएका सवै गन्तब्य मुलुकहरुसंग श्रम सम्झौता गर्ने तथा न्युनतम पारिश्रमिक तोक्न लगाउन पहल गर्ने, वैदेशिक रोजगार विभागमा ब्यवसायी स्वयं उपस्थित हुन पर्ने बर्तामान प्रावधान शंसोधन गराई प्रतिनिधी मार्फत प्रतिनिधीत्व गर्न पाउने ब्यवस्था गर्ने, वैदेशिक रोजगार व्यवसायलाई सम्मानित सेवा उद्योगमा स्थापित गर्दै ब्यवसायीको भलाई कोष र विमाको ब्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

सफल र सक्षम भनेर चिनिएका अध्यक्षका प्रत्यासी डा ईश्वर जिसीले यो समूहको ध्येय नै ब्यबशायीहरुको सफलतामा जोडिएको छ भन्दै इतिहासमै अब्बल टिम खडा भएकाले आफनो समूहप्रति आकर्षण बढनु स्वभाविक रहेको बताएका छन् । यसअघि सदस्यमा ८ मतले पराजित भएका र यो पटक कोषाध्यक्षमा प्रतिस्पर्धा गरेका केदारनाथ अधिकारी ‘दिपेन्द्र’ ले श्रमबिभागको पुनसंरचना हुनुपर्ने तथा बैदेशिक रोजगार बिभाग सवलीकृत हुनुपर्ने मान्यता अघि बढाएका छन् । युवा प्रतिस्पर्धि हरिबहादुर गिरीका अनुसार यो समुहमा बिशिष्ट प्रतिभाहरु भएकाले यो समूह व्यबसायीहरुको छनौटमा पर्ने निश्चीत जस्तै छ भने प्रथम उपाध्यक्ष धनलाल जैसीका अनुसार योग्य र ईमान्दार ब्यबशायी भनेर चिनीएकाहरुलाई आम ब्यबशायीले हेर्न चाहेका छन् ।

महासचिवका उम्मेदवार मधुकर रिजालका अनुसार भोगोलीक, जातीय, संस्कृति सबै हिसावले टीमको छनौट भएकाले आफनो समूहको अग्रता रहेको छ । तृतिय उपाध्यक्षका उम्मेदवार अनिल बोगटीका अनुसार सरकार तथा सम्बन्धित निकायलाई सुझाव सहित दवाव दिन सक्ने टीमको रुपमा आफूहरु छनौटमा पर्ने दावी गरीएको छ भने द्धितिय उपाध्यक्षका उम्मेदवार बाबुराम खडकाका अनुसार सरकारले कम्पनीहरुलाई फ्री भिसा, फ्री टिकेट भन्ने र आफूले पैसा लिएर कोरीया, ईजरायल र जापान पठाउने गरेको अवस्थामा ब्यबशायीहरुले सवल र सक्षम नेतृत्व चाहेको बताएका छन ।

३ बिषयमा स्नातकोत्तर गरेका, यो क्षेत्रमा ३० बर्षको अनुभव संगालेका र पेशागत निष्ठामा नचुकेका सदस्यका प्रत्यासी एकनारायण काफले भन्छन् ‘बैदेशिक रोजगार अन्तराष्ट्रिय ब्यापार भएको, श्रमसंगै राष्टको छवि गांसिने भएको अवस्थासंगै हामीले यो ब्यबशायलाई सुरक्षीत, सम्मानीत, मर्यादीत र मानवीय नैतिकतायुक्त बनाउन जरुरी छ । त्यहि कारण पनि ब्यबशायी साथीहरुको आकर्षण हामीसंग बढेको छ ।’

यसबाहेक जीसी नेतृत्वको यो टीमको सचिवमा टक्कर पाख्रीन, सदस्यमा प्रेम गिरी, देवीमाया थापा, फिरोज खान, कामेश्वर शाह, सरोज कुशवाह, गणेश कुँंवर, सन्दिप पुडासैनी, र शीव कुँंवर रहेका छन् । ब्यबशायी भीम कोइरालाका अनुसार प्रधानमन्त्री प्रचण्ड समेतबाट यो टीमले शुभकामना लिएर ब्यबशायीहरुका बिचमा सकरात्मक तरंग प्रवाह गरेको छ ।

निर्वाचनमा नेपाली कांग्रेस निकट कुमोद खनालभुवनसिंह गुरुङ प्यानलै सहित खडा भएका छन भने एमालेका राजेन्द्र भण्डारीको समूह प्रतिस्पर्धामा रहेका छन् । जिसीको समुहमा भने माओवादी, एकिकृत समाजवादी र अन्य ब्यबशायीक समुहका रहेका छन् ।

हाल बैदेशिक रोजगार ब्यवसायमा करीब ८८० वटा ईजाजतपत्र प्राप्त संस्था छन् जस्मा करिब २० हजार भन्दा बढी कर्मचारी आश्रित रहेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्तरनिहित होटल, रेष्टुरेन्ट, यातायात, स्वास्थ्य परिक्षण, अभिमुखिकरण तथा सीपमुलक तालिम प्रदायक संस्था र विमा कम्पनीहरुलाई समेत चलायमान बनाएको बार्षिक करिव ४ लाख बेरोजगार नेपाली नागरिकहरुलाई बैदेशिक रोजगारीमा ब्यवस्थित गर्दै ९ खर्ब भन्दा बढि बिप्रेषण (Remittance) भित्र्याउन यस क्षेत्रको योगदान रहेको छ ।

 

वि.सं.२०७९ माघ ४ बुधवार १३:०७ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...