back
CTIZAN AD

सभामुख पदका लागि आज निर्वाचन हुँदै, घिमीरे र न्यौपानेमा कस्ले मार्ला बाजी ?

वि.सं.२०७९ माघ ५ बिहीवार

801 

shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख पद चयनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

सभामुख पदका लागि सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार नेकपा एमालेका देवराज घिमीरे र विपक्षी दल नेपाली कांग्रेस, एकिकृत समाजवादी लगायतका दलको समर्थनमा नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले बुधबार उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सभामुखका उम्मेदवार घिमीरे झापा २ बाट प्रतिनिधि सभा सदस्य हुन् दाङकी न्यौपाने कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

सभामुख पदमा विजयी हुनका लागि सिंगो सदनमा उपस्थित २७५ सांसदमध्ये १३८ मत ल्याउन जरुरी रहेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत लगायतका साझा उम्मेदवार रहेका घिमीरेलाई १३८ भन्दा बढी नै मत प्राप्त हुने देखिन्छ ।

यता कांग्रेसकी न्यौपानेलाई भने सभामुख पदमा विजयी हुनका लागि त्यति सहज देखिदैन । उनीसँग आफ्नो पार्टीको ८८ मत र एकिकृत समाजवादी पार्टीको १० मत गरी ९८ मत मात्र रहेको छ । यद्यपी कांग्रेसले बुधबार जनता समाजवादी पार्टी लगायतका विपक्षमा बसेका दलसँग सभामुख पदका लागि समर्थन गर्न छलफल गरेको थियो । यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार ०८:२५ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...