back
CTIZAN AD

मधेशी र थारुमाथि राज्यबाट दमन भएको भन्दै आन्दोलनमा उत्रने सिके राउतको चेतावनी

वि.सं.२०७९ माघ ५ बिहीवार

768 

shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेशी र थारुमाथि राज्यबाटै दमन भएको भन्दै त्यसको प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी भएर पुस २६ गते विश्वासको मत समेत दिएका राउत एकाएक आक्रोशित भएका छन् ।

उनले बुधबार राति सामाजिक संजालमा आफ्नो आक्रोश पोख्दै जनमत पार्टीमात्र नभएर मधेश र तराईबाट नेतृत्वगर्ने दलहरुलाई पाखा लगाउँदै शाषकवर्गले बूलडोज गरेको आरोप लगाएका छन् ।

‘कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो । पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, हेप्दै, ‘यो–देश–तिम्रो–होइन’ संदेश दिँदै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेÞको हो । मधेशले यसको प्रतिकार गर्नेछ । सड्क र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ ।
‘जब तक शोसित इन्सान रहेगा
धरती पर तूफान रहेगा…’राउतले सामाजिक संजालमा लेखेका छन् ।

गत पुस १० प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएको जनमतलाई मंगलबार मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नदिएर खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएपछिसरकारको उक्त कार्यप्रति आपत्ति जनाउँदै आएको थियो ।

वि.सं.२०७९ माघ ५ बिहीवार ०८:५८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...