back
CTIZAN AD

पोखरा विमान दुर्घटनाको वेदना गीतबाट यसरी पोखे भट्टले (भिडियोसहित)

वि.सं.२०७९ माघ ५ बिहीवार

1.1K 

shares

महेन्द्रनगर ।

पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी
सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।

चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गरेका छन् ।

आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताए ।

सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गरेका हुन् । गीतमा दुर्घटनामा ज्यान गुमाएकी कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेतसम्झिएका छन् ।

“यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।” उनले भने ।

उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उनले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गरे । “शोकका बोला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भने, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।”

कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा÷छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।

सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।
बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
दिउँसै पडि रात, बाटो कुर्यो घरपरिवार दिउँसै पडि रात ।।

गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् ।

 

https://youtu.be/w-lQYKsD7GA

 

वि.सं.२०७९ माघ ५ बिहीवार १४:२६ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...