back
CTIZAN AD

व्यवस्थित सरकारी पर्यवेक्षणका लागि १३ हजार जनप्रतिनिधि बेइजिङमा परिचालित

वि.सं.२०७९ माघ ६ शुक्रवार

729 

shares

बेइजिङ । चीनको राजधानी बेइजिङले सन् २०१९ देखि कानुन कार्यान्वयनको अनुगमन गर्न र जनअभिमत सङ्कलनका लागि स्थानीय तहका १३ हजार जनप्रतिनिधिलाई बस्तीहरूमा पठाएको छ ।

बेइजिङ नगर जनकाङ्ग्रेसको स्थायी समितिले बिहीबार वार्षिक अधिवेशन सम्पन्न गरेको आफ्नो कार्य प्रतिवेदनमा भनेको छ, “सहरले एक अभियानलाई संस्थागत गरिरहेको छ जसले कानुन लागू गर्नु अघि र तिनीहरूको कार्यान्वयनको समयमा बासिन्दाहरूको कुरा सुन्न विधायकहरू पठाउँछ ।”

जनप्रतिनिधिहरूले फोहरमैला व्यवस्थापन, सम्पत्ति व्यवस्थापनलगायतका विषयमा स्थानीय बासिन्दाबीच सर्वेक्षण तथा अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रक्रियाले उनीहरूलाई सरकार र कानुन प्रवर्तनको पर्यवेक्षणले नागरिकहरूका समस्याहरू पत्ता लगाउन र समाधानका लागि मद्दत पु¥याउँछ । सांसदहरूले कानुन प्रक्रियामा सार्वजनिक विचारहरू प्रवाह गर्न बासिन्दाहरूसँग छलफल पनि गर्छन् ।

“विगतमा केही दर्जन प्रतिनिधि (जनकाङ्ग्रेसमा) मात्र कानुन र नियमको कार्यान्वयनको निरीक्षण गर्थे । अहिले १० हजारभन्दा बढी स्थानीय तहका प्रतिनिधिहरू यस प्रक्रियामा भाग लिन्छन्,” समितिका अध्यक्ष कङ लुआलुओले भने।

“यो प्रक्रियाले कानुन, कार्यान्वयन र पर्यवेक्षणलगायत हरेक चरणमा जनताको आवाज सुन्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ,” उनले भने। (रासस/सिन्ह्वा)

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:०१ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...