back
CTIZAN AD

सुन्तला खेतीमा रमाउँदै पूर्वप्रदेशसभा सदस्य थापा

वि.सं.२०७९ माघ ६ शुक्रवार

699 

shares

गलकोट । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् ।

बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतिबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२÷६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

समय बदलिएसँगै उनका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उनी अहिले कुनै दलमा छैनन् । उनी अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लागेका छन् ।

विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २(२) बाट प्रत्यक्ष निर्वाचन जितेका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाउनु भएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उनलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उनी गाउँ फर्किएका हु्न् ।

तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ । थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन ।

“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उनले भने, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु ।”

उनले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थालेका छन् । गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताए ।

“आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भने “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार÷पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखँे ।”

सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताए । सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन् । अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन् । बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ ।

 

वि.सं.२०७९ माघ ६ शुक्रवार १४:५५ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...