
काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकार पाण्डेको अन्तिम दाहसंस्कार गरिएको छ ।
पुसको दोस्रो साता कम्बोडिया र थाइल्यान्ड सीमा नजिकै रहेको पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागी हुँदा ज्यान बचाउन १२ तलामाथिबाट हाम फाल्दा उनको मृत्यु भएको थियो ।
झापा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय पाण्डेको शव शुक्रबार नेपाल ल्याइ शनिबार दिउँसो कनकाई नदीमा अन्तिम संस्कार गरिएको हो ।
विर्तामोड नगरपालिका १ का वडा अध्यक्ष अग्नि पाण्डेका छोरा रहेका पाण्डेको कम्बोडियामा दुःखद निधन भएपछिपाण्डे परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ भेटेर शव नेपाल ल्याउन सहयोग गर्न अनुरोध गरेका थिए ।