back
CTIZAN AD

व्यावसायिक च्याउ खेतीमा बढ्दो छ युवा आकर्षण

वि.सं.२०७९ माघ १४ शनिवार

1.1K 

shares

झलनाथ खनाल, भजनी । कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त छन् । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ ।

श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसकेका श्रीरामले घरमा आफू सुत्ने कोठाको एउटा कुनामा रु छ हजारबाट च्याउ खेती सुरु गरेको सुनाए । उक्त लगानीबाट उनले रु १५ हजार आम्दानी गरे । त्यसपछि बिस्तारै बढ्दै गएको उनको व्यवसायमा यतिबेला रु ४० लाख खर्च भइसकेको छ ।

उनकोे फार्ममा अहिले दैनिक ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुन्छ । उनलाई बजारीकरणको कुनै समस्या छैन । च्याउका लागि मानिस घरमै पुग्छन् । मौसममा रु एक सय ५० प्रतिकिलो र बेमौसममा रु तीन सयदेखि चार सयसम्ममा बिक्री हुने गरेको उनी बताउछन् ।

मौसमी तथा बेमौसमी च्याउ उत्पादन गर्दै आएका श्रीराम कृषि विषयमा प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा मासिक शुल्क तिर्न नसकेर भारत पुगे । श्रीरामलाई अहिले पैसाका लागि पछाडि फर्किनु परेको छैन । व्यावसायिक च्याउ खेतीबाट मासिक रु एक लाख बचत गर्न थालेपछि श्रीरामका आमाबुबाको छोराले सरकारी जागिर खानुपर्छ भन्ने हिजोको हठ पनि हटेको छ । “आर्थिक अभावकै कारण पढाइ पूरा भएन, पढाइ गर्दा लागेको ऋण तिर्न भारतमा गएर नौ महिना काम गर्नुप¥यो”, श्रीराम भन्छन्, “अब पैसाको अभाव छैन, सबै परिवारसँगै काम गर्छौं, सबै कामबाट सन्तुष्ट छौँ ।”

उनले जागिरको पछाडि नलागेर व्यवसायबाट मनग्ये आम्दानी गर्न थालेपछि बुबाआमाले देखेको सपनाभन्दा ठूलो सफलता पाएको बताए । “अब मलाई पछाडि फर्केर हेर्नुपर्ला जस्तो लाग्दैन, निरन्तरको मिहेनत र आत्मविश्वासले मलाई व्यवसायी बनाएको छ”, श्रीराम भन्छन्, “मैले काम गरेको देखेर समुदायका केही युवा पनि आकर्षित भएका छन् ।” च्याउ खेतीका लागि भवन बनाउन उनलाई राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले रु साढे पाँच लाख सहयोग गरेको थियो । बाँकी लगानी व्यवसायबाट भएको फाइदाबाटै भएको उनी बताउछन् ।

व्यवसायलाई अझै बढाउने सोचमा श्रीराम छन् । उनले च्याउको अचार बनाएर बजारीकरण गर्ने सोचसमेत बनाएका छन् । “व्यवसाय बढ्दै गएको छ, आम्दानी राम्रो छ, अझै यसलाई स्तरीय बनाउनका लागि सोचिरहेको छु”, श्रीरामले भने, “च्याउको अचार उत्पादन गरेर त्यसलाई बजारीकरण गर्ने सोच बनाएको छु, च्याउको अचारको माग बजारमा राम्रो भएको पाएको छु ।”

त्यस्तै जानकी–५ पथरैयाका एन्जिल चौधरी पनि व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । कम लगानी र राम्रो आम्दानी हुन थालेपछि उनी च्याउ खेतीमा लागेको बताउछन् । चार वर्षदेखि च्याउ खेतीमा लागेका एन्जिललाई पनि पछाडि फर्केर हेर्नु परेको छैन । उनको परिवार नै त्यसैमा आबद्ध छ । मौसममा बढी काम हुने भएपछि उनले केही महिनाका लागि अरुलाई रोजगारीसमेत दिँदै आएका छन् ।

धानको पराल टुक्रा पारेर त्यहीँ परालको टुक्रालाई आगोमा पकाएर प्लाष्टिकमा राखेर च्याउ उत्पादन गरिन्छ । प्लाष्टिकमा भरेको एक महिनामा च्याउले उत्पादन दिन सुरु गर्छ । अहिले पनि उनको फार्ममा आठ सय च्याउका पोका छन् । एउटा पोकाबाट तीन किलोसम्म उत्पादन हुन्छ । “एक पोकाबाट रु छ सयसम्म आम्दानी हुन्छ, त्यसमा हाम्रो लगानी रु एक सय ५० हुन्छ भने फाइदा रु चार सय ५० भयो”, एन्जिल भन्छन्, “एक पटकमा रु छदेखि सात लाखसम्म कमाइ हुन्छ ।”

किसानहरूले यो मौसममा कन्या र डल्ले च्याउको व्यवसाय गर्दै आएका छन् । भदौदेखि फागुनसम्म च्याउ खेती राम्रो फस्टाउने भएपछि अन्य किसानमा पनि आकर्षण बढ्दै गएको छ । गर्मीमा भने मिल्की च्याउको उत्पादन हुने गरेको छ । च्याउका लागि कोठाको तापक्रम २० देखि ३० डिग्री, ९० प्रतिशत आद्रता र सफा हावा चाहिन्छ ।

व्यावसायिक रुपमा नभए पनि घरमा आफूलाई खान अधिकांशले च्याउ खेती गर्दै आएका छन् । च्याउ खेतीमा स्थानीय सरकारले पनि तालिम र बीउमा सहयोग गर्दै आएको टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक बताउछन् । रासस

file-photo

वि.सं.२०७९ माघ १४ शनिवार १८:२६ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...