back
CTIZAN AD

रविलाई फेरि गृहमन्त्री बनाउन किन कस्सिए ओली ?

वि.सं.२०७९ माघ १५ आइतवार

987 

shares

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री पद अनि आफैंले बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी सभापति पद पनि गयो । शुक्रबार सर्वोच्चले गरेको फैसलासँगै लामिछाने सबै ठाउँबाट हात धुने अवस्थामा पुगे ।

तर, सँगै कानूनी प्रक्रियाअनुसार उनलाई पुनः नागरिकता लिने अवसर पनि मिल्यो । जसअनुसार लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर नागरिकता लिए ।

नागरिकता लिएको केही घण्टामै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक राखी पार्टी सभापति पद पनि प्राप्ति गरे । अदालतले फैसला गरेको दुई दिन नबित्दै लामिछानेले नागरिकताको प्रमाणपत्र र पार्टी सभापति पद प्राप्त गरेका छन् ।

लामिछानले जसरी ४८ घण्टा नबित्दै नागरिकताको प्रमाणपत्र र पार्टी सभापतिको जिम्मेवारी पाए सांसद र मन्त्री पद पाउन भने गाह्रो छ । सांसद बन्नलाई उनी पुनः निर्वाचन प्रक्रियाबाट आउन पर्छ । तर, मन्त्री बन्नलाई भने दलहरुबीच सहमति भयो भने आउन संवैधानिक रुपमा ६ महिनासम्मलाई बन्न सक्छन् ।

तत्कालिन समय उपप्रधानसहित गृहमन्त्री बनाउन एमालेले लामिछानेलाई सहयोग गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा उनी उक्त पद प्राप्त गर्न सफल भएका थिए ।

अहिले नागरिकताको विषयमा फैसला भएसँगै पनि ओली लामिछानेलाई पुनः गृहमन्त्री बनाउन कस्सिएका छन् । आइतबार अपरान्ह ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै गृहमन्त्रीमा पुनः नियुक्ती गर्न भनेका छन् । बालुवाटार स्रोतले बताएअनुसार प्रधानमन्त्री प्रचण्ड यसमा तत्काल सहमत देखिएका छैनन् । अन्य सत्ता साझेदार दलले पनि यसमा सहमति दिएका छैनन् ।

राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्रै विवाद छ । विशेषगरी सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र र एमालेबीच सहमति छैन । यस्तोमा ओली रास्वपालाई आफ्नो पक्षमा पार्न लामिछानेको पक्षमा लबिङ्ग गरिरहेका छन् । गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको दिन पनि अन्य दललाई अप्ठ्यारोमा पार्ने गरी ओलीले निर्देशनात्मक रुपमा लामिछानेको नाम पेश गरेका थिए ।

वि.सं.२०७९ माघ १५ आइतवार १७:५९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...