back
CTIZAN AD

क्यानडामा मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

वि.सं.२०७९ माघ १७ मंगलवार

771 

shares

टोरन्टो । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ ।

यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो ।

भारत विरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पु¥याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।”

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गर्नुभएको छ भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन् ।

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए । (रासस/ एएनआई)

 

वि.सं.२०७९ माघ १७ मंगलवार २०:२६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...