
काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित खोल्साको झाडीमा बुधबार गन्दर्भ मृत अवस्थामा फेला परेको प्रहरीलेृ जनाएको छ ।
त्यसैगरी गुल्मी, मालिका गाउँपालिका–८ नमताकी ६६ वर्षीया तारा खत्री आफ्नै भान्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । कैलाली, टिकापुर नगरपालिका–२ सन्कट्टि घाटस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।