काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री तत्काल दिन नसकिने आफ्नो अडान कायमै राखेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको वादी स्थायी कमिटी बैठकले पुरानै अडान दोहोर्याउँदै रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालय नदिन अडान राखेको बताउँदै रास्वपाले धैर्य गर्नुपर्ने पार्टीका प्रवक्ता एवंम् उपाध्यक्ष कृष्ण बहादुर महराले बताएका छन् ।
नागरिकता विवादमा उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका सो पार्टीका सभापति लामिछानेले गृहमन्त्री नपाएमा सरकारबाट बाहिरीने चेतावनी दिँदै आएका छन् ।
‘रास्वपा सभापति लामिछानेको मुद्दाको पूर्णपाठ आएको छैन । यो मुद्दा अझै सिद्धिएको पनि छैन । यस्तोमा मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयबारे केही टुंगो भएको छैन ।’ उपाध्यक्ष महराले भने ।
वि.सं.२०७९ माघ १९ बिहीवार १७:५२ मा प्रकाशित




























