back
CTIZAN AD

जापानमा ह्वात्तै बढे श्वासप्रश्वासका बिरामी

वि.सं.२०७९ माघ २१ शनिवार

840 

shares

टोकियो । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीको औसत सङ्ख्या दश दशमलव ३६ पुगेको छ ।

हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा बिरामी चाप बढेको पाइयो । बढ्दो बिरामीको सङ्ख्याले आगामी चार सातासम्म महामारीको चेतावनीलाई इङ्गित गरेको छ ।

देशका ४७ प्रिफेक्चरमा नियमितरूपमा गरिएका करिब पाँच सय चिकित्सा संस्थाको अनुगमनमा ५१ हजारभन्दा बढी श्वासप्रश्वासका बिरामी फेलापरेका छन् । ओकिनावा प्रिफेक्चरमा सबैभन्दा बढी ४२ दशमलव २३, फुकुईमा पच्चीस दशमलव ३८, ओसाका २४ दशमलव ३४ र फुकुओका २१ दशमलव ७० प्रतिशतले बिरामी बढेका छन् । विगतको भन्दा बेग्लै प्रकृतिका बिरामी बढेका भन्दै स्वास्थ्य विज्ञहरूले रोग अझ फैलनसक्ने चेतावनी दिएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ माघ २१ शनिवार २०:४४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...