Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

शाली नदी मेलामा एक करोड बढी सहयोग सङ्कलन



काठमाडौँ । काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।

गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा सहयोग रकम कम सङ्कलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी सङ्कलन भएको श्रेष्ठले भनाइ थियो ।

उनका अनुसार सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ ।

एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम