back
CTIZAN AD

शाली नदी मेलामा एक करोड बढी सहयोग सङ्कलन

वि.सं.२०७९ माघ २३ सोमवार

780 

shares

काठमाडौँ । काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।

गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा सहयोग रकम कम सङ्कलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी सङ्कलन भएको श्रेष्ठले भनाइ थियो ।

उनका अनुसार सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ ।

एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।

 

वि.सं.२०७९ माघ २३ सोमवार १२:३५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...