back
CTIZAN AD

संचारकर्मी सुमनकी पत्निलाई आर्थिक सहयोग

वि.सं.२०७९ माघ २४ मंगलवार

726 

shares

मुगु । मुगुका संचारकर्मी स्वर्गीय सुमन मल्लकी पत्नि गंगादेविलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल पत्रकार महांसघ मुगु र रारा छायाँनाथ मिडिया प्रालिले सुमनको सम्झनामा गमगढीमा आयोजना गरेको तीनदिने मैत्रीपूर्ण फुटबल प्रतियोगिताबाट संकलन भएको २४ हजार सुमनकी पत्नि गंगादेविलाई हस्तान्तरण गरिएको हो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुको टिम संकलन भएको २४ हजार रकम छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णु कुमार भामको हातबाट गंगादेविलाई हस्तातरण गरिएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जनाए ।

सुमनको पारिवारिक आर्थिक अबस्था नाजुक भएको हुँदा थप सहयोग पुगोस् भन्ने उद्वेश्यले खेलाडीबाट उठेको रकम गंगादेविलाई दिएइको अध्यक्ष मल्लको भनाई छ ।

सुमनकी ७५ बषिय बृद्धा आमा मुगादेविले आँखाबाट आँसु झार्दै कार्यक्रमको उदघाटन गरेकी थिइन् । सुमनकी पत्नि गंगादेवि, जेठी छोरी एलिना, माइली छोरी सपना र कान्छा छोरा श्रीस पनि खेल मैदानमा उपस्थित थिए ।

गमगढीस्थित सिद्धार्थ बोडिङ स्कुलले सुमनका दुई छोरी र एक छोरालाई सहुलियतमा पठनपाठन गराइ राखेको छ ।

उक्त स्कुलमा सुमनकी जेठीछोरी एलिना कक्षा ६, माइली छोरी सपना कक्षा ३ र छोरा श्रीस युकेजीमा अध्ययनरत भएपनि भबिष्यमा उच्च शिक्षा कसरी पढाउने भन्ने बारेमा गंगादेविलाई चिन्ता छ । उनलाई छोराछोरी पढाउन हुर्काउन मात्र चिन्ता नभएर गाँस बास कपासका लागि पनि उत्तिकै कठिन परिस्थितिसँग जुधेर जुझ्नु परेको छ ।

४१ बर्षको कलिलो उमेरमै सुगर र रक्तचापका कारण संचारकर्मी सुमनको मृत्यु भएको दुई बर्षपछि पत्रकार महासंघ र रारा छायाँनाथ मिडिया प्रालिले गमगढीमा पहिलोपटक मैत्रीपूर्ण फुटबल आयोजना गरेका थिए ।

सुमनको सम्झनामा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता समापन कार्यक्रममा सहभागी खेलाडी टिम सहयोगी निकाय, रेफ्रि लगायत ब्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । आगामी बर्षमा सुमन स्मृति मैत्रीपूर्ण फुटबल आयोजना गर्ने लक्ष्य पत्रकार महासंघले राखेको छ ।

 

वि.सं.२०७९ माघ २४ मंगलवार १६:३० मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...