back
CTIZAN AD

शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट

वि.सं.२०७९ माघ २४ मंगलवार

825 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघिको दरपीटको आदेश बदर गरी सर्वाेच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटमा पेसी भोलि बुधबारका लागि तोकिएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् ।

सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।

वि.सं.२०७९ माघ २४ मंगलवार १६:१७ मा प्रकाशित

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...