Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

स्मार्टच्वाईस र प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा संचालन सम्बन्धी सम्झौता



काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुलाई फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिने फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जनाएको छ ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको बताइएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम