काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
३ बजेका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिएपनि त्यसलाई रोकेर ओली र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका कारण सुदूरपश्चिम सरकार जोखिममा परेपछि राजनीतिक संयन्त्रको बैठक बसेर छलफल गर्ने गरी ३ बजेका लागि बैठक डाकिए पनि उक्त बैठक रोकेर प्रधानमन्त्री र ओलीबीच छुट्टै भेटवार्ता भएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विस्वासको मत लिनका लागि ४ बजे प्रदेशसभाको बैठक बोलाएपनि नागरिक उन्मुक्ति पार्टीका अडानका कारण त्यो असम्भव जस्तै देखिएको छ ।
वि.सं.२०७९ माघ २६ बिहीवार १६:३२ मा प्रकाशित






























