back
CTIZAN AD

अष्ट्रेलियाबाट सोलिसिटर सम्शेर थापाले दिए सरकारलाई यस्तो सुझाव

वि.सं.२०७९ माघ २७ शुक्रवार

840 

shares

काठमाडौं । अष्ट्रेलियामा रहेका सिलिसिटर सम्शेर थापाले विदेशमा १२ महिना भन्दा बढी बसेर नेपाल फर्किएर सार्वजनिक पदमा बस्न चाहान्छ भने त्यस्ता व्यक्तिको सम्बन्धीत देशले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र अनिवार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

कुनैपनि बिदेशी वा गैरआवासीय नेपाली (एन आर एन), नेपाली मूलको बिदेशी (पी एन ओ) जो बिदेशमा १२ महिना भन्दा बढी बसोबास गरेर नेपालमा आएर कुनै राष्ट्रिय या अन्तर्राष्ट्रिय वा राष्ट्रिय गैर–सरकारी संस्था (एन जी ओ ÷आइ एन जी ओ) मा काम गर्न चाहन्छ वा सार्वजनिक पदमा रहन खोज्छ भने त्यस्ता व्यक्तिलाई उ बसोबास गरेको देशले प्रदान गरेको चारित्रिक प्रमाणपत्र सरकारले माग्नुपर्ने थापाले बताएका छन् ।

‘आर्थिक कारोबार र पब्लिक (सार्वजनिक) संग सम्बन्ध हुने ब्यापार ब्यबसाय जस्तो, कम्पनी दर्ता गर्ने जस्ता कार्यमा संलग्न हुन खोजेमा उनीहरु बसोबास गरेको देशबाट अपराधमा संलग्न नभएको, सम्बन्धित देशले प्रदान गर्ने चारित्रिक प्रमाण पत्र अनिवार्य रुपमा बुझाउनु पर्ने ब्यबस्था लागु गर्नुपर्छ ।’ थापाले सुझाव दिएका छन् ।

थापाले थप भनेका छन्
अहिले नेपालका छापामा विदेशबाट सधैको लागि वा लामो समयको लागि नेपाल फर्केका बर्तमान वा भूतपूर्व नेपालीलाइ दुइ किसिम बाट हेरिन्छ । पहिलो, ‘डलर, पाउण्ड, युरो, रियाल’ आदि टन्न ल्याएको छ । अब लगानी गरेर देशमा रोजगार सिर्जना गर्छ, कर, शुल्क, राजस्व सब तिरेर देशको आर्थिक अवस्थामा सुधार गर्छ, देश बिकास गर्छ आदि ।
दोस्रो, लौ बर्बाद हुने भो, डलर, पाउण्ड, युरो, रियाल आदि टन्न ल्याएको छ । शैक्षिक योग्यता, बिदेशी अनुभव, विज्ञता आदि हाम्रो भन्दा बढी छ । लौ यसले हाम्रो भाग खोस्ने भो, कसरि हुन्छ, यसलाई रोक्नु पर्छ । अनि शुरु हुन्छ, छापायुद्द, वाकयुद्द यानिकी छापाहरुमा हुने लडाइ –छापा भन्नाले यु ट्युबरदेखि ब्लगर समेत समेटिन्छ । र, ‘फलानाले फलानो देशमा यस्तो अपराध गरेर आएको हो, ढिस्कानोले बैंक ठगेर आएको हो, फलानाले ‘क्रेडिट कार्डको पैसा ‘क्वाप्ल्वाक्क’ पारेर आएछ, ढिस्कानाले कर नतिरी भागेछ.. आदि इत्यादी ।
प्रायः सबैलाई थाहा भएको कुरा हो, हामि नेपालीहरु केहि सार्क राष्ट्र बाहेक विदेश जाँदा भिसा (प्रवेश–अनुमती÷प्रवेशाज्ञा) लिनु पर्छ । देशको आर्थिक स्थिति (प्रति–व्यक्ति आय) लगायत राजनैतिक, सामाजिक, शान्ति सुरक्षा आदिको अवस्था र देश बिकाशको बर्गिकरण अनुसार भिसा आवेदकसंग विभिन्न किसिमका कागजपत्र –प्रमाणहरु मागिन्छ । जस्तो, कुनै देशको पासपोर्ट (राहदानी) बाहकलाई ‘अन –अराइभलः (आगमन पश्चात) सम्बन्धित पोर्टमा नै भिसा दिइन्छ भने कुनै देशको पासपोर्ट बाहकलाइ ‘टुरिस्ट भिसा’ (पर्यटक प्रवेशाज्ञा ) को लागि पनि महिनौ कुर्नु पर्ने हुन्छ । मुख्यतया; कुन देशको पासपोर्ट कति बलियो छ भन्ने कुराले भिसा कति सजिलो संग पाइन्छ भन्ने कुरा निर्धारण गर्दछ ।
प्रायः बिकशित देशमा १ बर्ष भन्दा बढीको लागि भिसा आवेदन गर्दा आवेदकले आफु १२ महिना वा सो भन्दा बढी रहेबसेको वा बसोवास गरेको सम्बन्धित देशको ‘असल चाल चलन÷चारित्रिक प्रमाणपत्र जसलाई विभिन्न देशमा भिभिन्न किसिमको नामाकरण गरिन्छ । जस्तो नेपालमा नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ जसले आवेदक कुनै अपराधिक कार्यमा संलग्न नभएको वा अपराधि साबित नभएको पुष्टि गर्दछ । अन्य देशमा ‘नो कन्भिक्सन सर्टिफिकेट’, ‘पेनाल सर्टिफिकेट, पुलिस क्लेरेन्स सर्टिफिकेट, नेसनल पुलिस चेक, क्रिमिनल रेकर्ड चेक, सर्टिफिकेट अफ गुड कन्डक्ट आदि नामबाट जारि गरिन्छ ।
असल आचरण वा अपराधिक कार्यमा संलग्न छैन भन्ने बिषय धेरै जस्तो बिकशित देशमा ‘अपराधिक’ कार्यसंग मात्र सम्बन्धित हुन्छ भने युनाइटेड अरब इमिरेट्स (यु ए इ ), साउदी अरबिया आदि जस्ता केहि देशमा देवानी भनौ वा लेनदेन–आर्थिक कारोवारका दोषी, उदाहरणको लागि, ब्यांकको लोन (ऋण) नतिरी भागेको, जस्तालाई पनि असल चरित्रको प्रमाण दिइदैन, वा प्रमाण पत्रमा सो अपराधको रुपमा उल्लेख गरिन्छ ।
यहाँ, मैले उठाउन खोजेको कुरा के हो भने नेपाल सरकारले पनि कुनै बिदेशी वा गैरआवासीय नेपाली (एन आर एन), नेपाली मूलको बिदेशी (पी एन ओ) जो बिदेशमा १२ महिना भन्दा बढी बसोबास गरेको छ र नेपालमा आएर कुनै राष्ट्रिय या अन्तर्राष्ट्रिय वा राष्ट्रिय गैर–सरकारी संस्था (एन जी ओ ÷आइ एन जी ओ) मा काम गर्न चाहन्छ । कुनै सार्वजनिक पदमा रहन खोज्छ, आर्थिक कारोबार र पब्लिक (सार्वजनिक) संग सम्बन्ध हुने ब्यापार ब्यबसाय जस्तो, कम्पनी दर्ता गर्ने जस्ता कार्यमा संलग्न हुन खोजेमा उनीहरु बसोबास गरेको देशबाट अपराधमा संलग्न नभएको, सम्बन्धित देशले प्रदान गर्ने चारित्रिक प्रमाण पत्र अनिवार्य रुपमा बुझाउनु पर्ने ब्यबस्था लागु गर्नुपर्छ ।
नेपाल विकासोन्मुख देश हो भनेर सम्बन्धित व्यक्तिको आचरण, अपराधिक कृयाकलापको उचित जांच बुझ नगरी नेपालमा लगानीको नाममा वा अन्य कुनै बहानामा सर्वसाधरण लाइ समेत असर पर्न सक्ने कार्यमा संलग्न हुन दिएमा त्यस्ता व्यक्तिले जे पनि गर्न सक्ने अवस्था आउछ । अहिले ‘बायोमेट्रिक’ गर्ने जमाना छ, जसले आवेदकको पहिचान गर्न सजिलो हुन्छ ।
अपराधिलाइ कुनै देशको सिमाले रोक्दै । तसर्थ, आवेदक कुनै अपराधिक कार्यमा संलग्न नभएको वा अपराधि साबित नभएको पुष्टि गर्ने नो कन्भिक्सन, पेनाल, पुलिस क्लेरेन्स जे नामको सर्टिफिकेट होस्, सम्बन्धित देशको पेश गर्न लगाउनु पर्छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार ०९:१७ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...