back
CTIZAN AD

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै

वि.सं.२०७९ माघ २७ शुक्रवार

915 

shares

काठमाडौं । सरकार सन्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ ।

आज बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि बोलाइएको उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उक्त संयन्त्रको बैठक बिहीबार ३ बजेका लागि बोलाइए पनि त्यसलाई स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच सिंहदरबारमा बैठक बसेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको, नागरिक उन्मुक्ति पार्टीको समर्थन नपाएपछि एमालेको नेतृत्वमा बनेको सुदूरपश्चिम सरकार एक महिनामै ढलेको, जनमत पार्टीले मन्त्रालय लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएको राजनीतिक परिस्थितिकाबीच संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि पुष १० गतेको सहमति अनुसार राष्ट्रपति पद आफुले पाउने एमालेले दावी गर्दै आएको छ भने कांग्रेसको समेत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्ने भन्दै छलफल र संवाद बढाएका छन् ।

सरकार संचालनमा सहयोग पुर्याउनका लागि ओली नेतृत्वमा पुस १५ गते गठन गरिएको उक्त उच्च राजनीति संयन्त्रको सदस्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् ।

वि.सं.२०७९ माघ २७ शुक्रवार ०८:४९ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...