back
CTIZAN AD

सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

वि.सं.२०७९ माघ २७ शुक्रवार

693 

shares

काठमाडौं । कोरियन मोबाइल ब्राण्ड सामसङको ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक भएको छ ।

होटल हायतमा आयोजित कार्यक्रमकाबीच सिरिजका मोबाइलहरुको अन्भेल सामसङका सह उपाध्यक्ष सुङ जुनपार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित, लोकप्रिय नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको थियो ।

ग्यालेक्सी एस २३ अल्ट्रा (१२/जीबी)को मूल्य नेपाली बजारमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, एस २३ प्लस (८/२५६ जीबि)को १ लाख ५१ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २३ (८/२५६ जीबि)को १ लाख २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने कम्पनीको दाबी छ । साथै परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न पनि सकिने छ । ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ चिपस चिपसेटका साथ उपलब्ध मोबाइल गेमिङ अनुभवमा शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ ।

सो क्रममा सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले माथ दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्राहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।’

साथै सामसङले ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत एस२३ अल्ट्रा, एस२३ प्लस र एस२३ को नेपालमा प्रि–बुकिङ पनि खुलाएको छ । ‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’, सामसङले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार ०८:१३ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...