back
CTIZAN AD

कानुनी झमेला सल्टाउँदै निहारिका र शिवराजले गरे विवाह

वि.सं.२०७९ माघ २७ शुक्रवार

792 

shares

काठमाडौं । कुमारी आमाका नाममा परिचित निहारिका राजपुत (सोनाली कुमारी श्रेष्ठ) ले अन्ततः कानुनी झमेला सल्टाउँदै शिवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

उनीहरुले जनकपुरधामको जानकी मन्दिमा पुगेर विवाह गरेका हुन् ।

शिवराजबाट आफु बलात्कृत भएको र कानूनी उपचारका लागि लामो समय आन्दोलन गरेर १७ माघमा मिलापत्र गरेका उनीहरुले कानुनी रुपमा आफ्नो सम्बन्धलाई बैद्यता दिएका हुन् ।

निहारिका र शिवराजले माघ १७ मा गरेको मिलापत्रमा निहारिका र धनुषा क्षिरेश्वरनाथ–३ का शिवराजले ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका थिए । यसअघि कानुनी रुपमा श्रीमान श्रीमती भएर बस्न निहारिकाको उमेर नपुगेको भन्दै अव उप्रान्त श्रीमान श्रीमतीको रुपमा मिलेर बस्ने भन्दै मिलापत्रका लागि अदालत पुगेका थिए ।

आफुहरु दुईबीच प्रेम सम्बन्ध रहेकै बेलामा २०७७ भदौ ५ गते एकछोरा समेत जन्मिएको र छोरालाई शिवराज तथा उनका परिवारले अस्वीकार गरेपछि निहारिकाले त्यसविरुद्ध लामो लडाई लड्नु परेको थियो । कानुनी मुद्दा मामिला, अनशन लगायतका धेरै कदम उठाएपनि अन्तिममा निहारिकाले शिवराजको डिएनए परीक्षण गर्न गरेको आग्रहमा डिएनए मिलेपछि शिवराजले निहारिका र छोरालाई श्रीमान र बावुको भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै मिलापत्र गरेका हुन् ।

मिलापत्रमा शिवराजले नाबालक छोरा समेतलाई इज्जत आमद अनुसार खान लाउन, औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्ने बताएका छन् ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १३:५३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...