back
CTIZAN AD

पाटपूर्जाको अवैध कारोवारीहरुलाई कारबाही गर्न माग गर्दै सिडिओलाई ज्ञापनपत्र

वि.सं.२०७९ माघ २७ शुक्रवार

633 

shares

काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार गर्नेहरुलाई कारबाही गर्न माग गरिएको छ ।

पाटपूर्जाको अवैद्य ओसार पसार र काराबारका कारण व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको प्रति ध्यानाकर्षण गराउदै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरीङ्ग एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।

व्यवसायी र राज्य दुबै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार बिभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ ।

‘नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ । जसका कारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘बिश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरु बैङ्कीङ नितिमा आएको नितिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोवारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन ।’

वि.सं.२०७९ माघ २७ शुक्रवार १३:२४ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...