back
CTIZAN AD

निगमले दुई वाइडबडी विमान खरिद गर्ने

वि.सं.२०७३ चैत २५ शुक्रवार

1K 

shares

२५ चैत, काठमाडौँ  । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ ।

उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ । निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने महाप्रबन्धक कंशाकाकरले राससलाई जानकारी दिनुभयो । दुवै विमान २०९ दशमलव ६ मिलियन अमेरिकन डलर (करिब २२ अर्ब रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएकोे छ ।

नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चैर एकै पटक विमान खरिद गरेको पहिलो पटक भएको महाप्रबन्धक कंशाकारले बताउनुभयो । अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज सहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा विजनेस क्लासका सिट हुनेछन् ।

दुई जहाज थपिएसँगै पाँचवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान भर्नेछ, अहिले निगमसँग एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत विभिन्न आठ गन्तव्यमा अडान भरिरहेको छ ।

महाप्रबन्धक कंसाकारका अनुसार नयाँ विमान लामो ‘रेन्ज’ को छ, जुन नेपालदेखि सिधा बेलायतको लण्डनसम्म निरन्तर उडान गर्न सकिन्छ । यसबाट श्रीलङ्का, म्यानमार, जापन, दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबीयालगायत गन्तव्यमा उडान भर्नुका साथै हाल भएकै गन्तव्यमा थप उडान थप्ने निगमको योजना छ । रासस

वि.सं.२०७३ चैत २५ शुक्रवार १६:१० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...