back
CTIZAN AD

शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न  माग

वि.सं.२०७३ चैत २५ शुक्रवार

795 

shares

२५ चैत,काठमाडौँ  । सामुदायिक विद्यालयका अस्थायी शिक्षकले शतप्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । उनीहरुले हाल शिक्षा ऐन (आठौँ संशोधन) ऐन बमोजिम ४९ प्रतिशत अस्थायीका लागि खोलिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न पनि माग गरेका छन् ।

आयोगको विज्ञापनविरुद्धमा आज यहाँ विरोध ¥याली गर्दै उनीहरुले अस्थायी शिक्षकले परीक्षा वा सुविधामध्येको विकल्पमा नभई सबै अस्थायीलाइ कार्यरत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न आवाज उठाएका हुन् ।

पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित ¥याली शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरबारमार्ग हुँदै पुनःशान्तिबाटिकामा कोणसभा गरी सम्पन्न भएको थियो ।

अधिवक्ता कोषराज काफ्लेले राजतन्त्रलेसमेत दिएको अस्थायी शिक्षकको अधिकार लोकतन्त्रमा दलले खोसेको आरोप लगाउनुभयो ।

पार्टीका अध्यक्ष गोविन्दबहादुर पौडेलले अहिलेको विज्ञापन खारेज गरेर अस्थायी शिक्षकको शतप्रतिशत दरबन्दीमा पुनःअर्को आन्तरिक विज्ञापन नखोलेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो ।

वि.सं.२०७३ चैत २५ शुक्रवार १६:५६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...