back
CTIZAN AD

मानसिक समस्यालाई लुकाएर राख्दा गम्भीर खालका घटनामा वृद्धि

वि.सं.२०७३ चैत २६ शनिवार

852 

shares

dipression काठमाडौँ । विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् ।
अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउनुहुन्छ । यस वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो ।

उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन करोड मानिस उदासीनताबाट पीडित छन् । सन् २००५ यता दश वर्षका अवधिमा सो रोगका बिरामीको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

डा ओझाका अनुसार विश्वमा १५ वर्षदेखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण उदासीनताबाट आत्महत्या देखिएको छ ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा कपिलदेव उपाध्याय उसदासीनताबारे बुझेर समयमै उपचार गरेमा रोग सजिलै रोकथाम गर्न सकिने बताउनुहुन्छ । उहाँले जीवनशैलीलाई सन्तुलन राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राखेमा यसबाट बच्न सकिने बताउनुभयो ।

डा ओझाले भन्नुभयो, “मानसिक रुपमा हतास हुने समस्या उदासीनता हो । मनमा जागृत भएको हीनभावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या गर्नेसम्मका घटना हुन सक्छ ।”

अनावश्यक सोचाइ आउने, दिक्दारी लाग्ने, कुनै पनि चिजमा चाख नलाग्ने, खुसी अनुभव नहुने र थकित महसुस भइरहने भएमा उदासीनता रोग हुन सक्छ ।

नेपालमा एकदेखि दुई प्रतिशत जनतामा कडा खालको मानसिक रोग र पाँच प्रतिशतमा मध्यम खालको मानसिक रोग भएको अनुमान छ ।
उदासीनताबाट सबैभन्दा धेरै महिला पीडित भएको पाइएको छ । आफूमा भएको समस्यालाई अरुसामु व्यक्त गर्न नसक्ने र व्यक्त गरिहाले पनि परिवार, समाजले सहज रुपमा नबुझ्ने भएकाले रोग लुकेरै रहने गरेको डा ओझाको अध्ययन छ ।

वि.सं.२०७३ चैत २६ शनिवार ०२:५६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...