back
CTIZAN AD

आन्दोलनरत यातायात मजदूरहरुसँग वार्ता गर्दै सरकार

वि.सं.२०७९ फागुन २ मंगलवार

780 

shares

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको यातायात मजदुरहरुलाई सरकारले वार्तामा बोलाएको छ ।

सरकारले आन्दोलनरत यातायात मजदुर संगठनका नेतृत्वलाई वार्ताका लागि बोलाएको छ । उक्त वार्ता बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुने यातायात विभागले जनाएको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सोमबार ट्राफिक प्रहरीले लागु गरेको नियम विरुद्ध विभिन्न १० बुँदे माग राखि बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरिरहेका यातायात मजदुर र प्रहरीबीच झडपको स्थिति समेत बनेको थियो ।

आन्दोलनकारीहरुले प्रहरीको दुईवटा गाडी जलाएका छन् । साथै झडपमा परि झण्डै २० जना प्रहरी घाईते भएका छन् भने प्रदर्शनका क्रममा १० भन्दा बढी यातायात मजदुर पक्राउ परेको प्रहरीले जनाएको छ । घाइते प्रहरीको महाराजगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ बसपार्क सन्चालनको जिम्मा पाएको ठेकेदार लोत्से प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले सोमबार बालाजु क्षेत्रमा भइरहेको मजदुरहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा मजदुरमाथि आक्रमण गरेपछि झडपको स्थिति बनेको यातायात मजदुरले दावी गरेका छन् ।

उनीहरुले आफ्ना १० बुँदे माग पूरा नभएसम्म आजदेखि उपत्यकामा सम्पूर्ण सार्वजनिक सवारी साधन ठप्प पार्ने विज्ञप्तिमार्फत् जनाएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अहिखल नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो आज उपत्यकाका सवारी साधन ठप्प पार्ने घोषणा गरिएको हो ।

 

 

 

 

 

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:२० मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...