back
CTIZAN AD

अर्थतन्त्रमा देखिएको संकट सुधारका लागि विशेष ध्यान दिएको छु : प्रधानमन्त्री

वि.सं.२०७९ फागुन २ मंगलवार

708 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको संकटप्रति सरकार सचेत रहेको बताएका छन् ।

आइतबारदेखि महेन्द्रनगरमा शुरु भएको कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए ।

आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसितको सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे । ‘अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।’ प्रधानमन्त्री प्रचण्डले भने– ‘अर्थतन्त्रमा सुधारका राम्रा संकेत देखिएका छन् ।’ उनले राजस्व संकलन र विदेशी मुद्रा सञ्जय वृद्धि भएको बताउँदै यी सबै सकरात्मक संकेतका रुपमा लिएको धारणा राखे ।‘समग्रमा अर्थतन्त्रको संकट टरेको छैन’ उनले भने– ‘अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।’ त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए ।

‘सुख्खा बन्दरगाहको वातावरण प्रभाव मुल्यांकनको काम भई स्वीकृतिको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।’ उनले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताए । ‘सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणासम्मको अवसर प्राप्त गरेँ ।’ दाहालले भने– ‘गेटा मेडिकल कलेजलाई पहिलोपटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ ।’ उनले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताए ।

‘यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगति हुने छैन, सिंगो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ ।’ उनले भने– ‘सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ ।’ उनले यथास्थितिमा रुमलिने प्रवृत्तिको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताए । ‘जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ संकल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ ।’ उनले भने– ‘नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुस्याँइ हुने छैन ।’

प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षण समेत गरेका थिए । प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी थिए ।

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:२७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...