back
CTIZAN AD

राष्ट्रपति चर्चाबारे माधव नेपाल भन्छन्– देउवा–प्रचण्ड चुनावअघि नै सहमत थिए

वि.सं.२०७९ फागुन ९ मंगलवार

948 

shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् । मंगलबार दाङको भालुबाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताए ।

“अहिले बजारमा हल्लाहरू धेरै छन्, चर्चा(परिचर्चाहरू धेरै छन्, कुनै टुंगो लागेको छैन, चाहना राख्ने कुरा बेग्लै कुरा हो” उनले भनेका छन्, “हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन ।”

राष्ट्रपतिको निर्वाचनलाई पावर शेयरिङको रूपमा मात्रै हेरिनुपर्ने उनले बताएका छन् । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने बताए ।

“बाहिर आएका सबै समाचारहरु सही हुन्छन् भन्ने छैन । अहिले नै हतार नगरी पर्दाभित्र रहन दिनु राम्रो हुन्छ”, उनले भनेका छन् ।

नेपालले चुनावअघि राष्ट्रपतिबारे कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए । उनका अनुसार त्यतिबेला झलनाथ खनालको विषयमा छलफल भएको थियो ।

याे पनि…

राष्ट्रपतिमा ओलीले किन सारे माधव नेपालको नाम ?

वि.सं.२०७९ फागुन ९ मंगलवार १३:२० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...