बैदेशिक रोजगार, भुकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास भुमरी लिएर म पाठकहरु सामु आउदै छु । जनयुद्धकालमा आफ्ना पति गुमाएका आमाहरु, भुकम्पले धुरु धुरु रुवाईएकाहरु अनि खाडीमा कार्यरत नेपालीहरुलाई यो उपन्यास पठनिय हुने मैले सोचेको छु ।
बसन्त नेपाल, यतिबेला नेपाली साहित्यको क्षेत्रमा उदाउँदै गरेका तारा हुन । बाल्यकाल देखी नै साहित्य सिर्जनामा रमाउँदै आएका नेपाल यतिबेला उपन्यासकारका रुपमा चिनिएका छन । उल्कापात पछिको दोस्रो कृति भुमरी बजारमा आउँदै गरेको कृति हो । काभ्रे मण्डन चण्डेनीमा जन्मि हुर्कि बढेका नेपाल पत्रकार पनि हुन । पत्रकारीता र साहित्य दुबैलाई अगाडी बढाईरहेका नेपाल प्रवासी पत्रकारका रुपमा चिनिन्छन बिषेश गरी । प्रवासी नेपालीहरुका बिषयमा एक दशकदेखि निरन्तर कलम चलाउँदै आएका सयौँ युवा पुस्ताका प्रेरक ब्यक्तित्व साहित्यकार तथा पत्रकार बसन्त नेपाल संगको बार्तालाभका केहि अंश यहाँ प्रस्तुत गरीएको छ ।
तपाईको परिचय दिनोस न ?
म बसन्त नेपाल, पुरानो संरचना अनुसार काभ्रे चण्डेनी १ मा मेरो जन्म भएको हो , बिगत एक दशक देखी म साहित्य र पत्रकारीतालाई अगाडी बढाउँदै आएको छु ।
प्रवासी नेपालीहरुमा तपाई के कसरी चिनिनु भयो ?
जन्मभुमी नेपाल हो भने केहि बर्ष यतादेखि मैले कर्मभुमी नेपाललाई बनाउँदै आएको छु । प्रवास अब पहिलाको जस्तो रहेन । नेपालीहरुको संख्या ब्यापक भएकोले प्रवासलाई अर्को नेपाल भन्दा फरक नपर्ने भई सकेको छ । प्रवासमा पत्रकारीता फस्टाउँदो छ । प्रवासी नेपाली र उनिहरुका बिषयमा कलम चलाउँदा चलाउँदै साहित्यमा पनि मेरो रस पस्यो र कलम चलाउँन थाले कथाहरुमा । कथाहरु र आर्टिकलहरु लेख्दा लेख्दै उपन्यासतिर मन गयो र बजारमा निकाले उपन्यास उल्कापात । यो पुर्ण रुपमा बैदेशिक रोजगारीको बिषयमा लेखिएको उपन्यास हो ।
तपाईको अर्को उपन्यास भुमरी बजारमा आउदै छ नि होईन ? यो कस्तो उपन्यास हो ?
बैदेशिक रोजगार, भुकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास भुमरी लिएर म पाठकहरु सामु आउदै छु । जनयुद्धकालमा आफ्ना पति गुमाएका आमाहरु, भुकम्पले धुरु धुरु रुवाईएकाहरु अनि खाडीमा कार्यरत नेपालीहरुलाई यो उपन्यास पठनिय हुने मैले सोचेको छु ।
तपाईले भने अनुसार कर्मभुमी प्रवास हो ? के कसरी म्यानेज गर्नु हुन्छ लेखन कार्य ?
हेर्नोस समयको सदुपयोग गर्दे दृण अठोट लिएर कर्ममा बिस्वास गर्ने हो भने सबै सम्भब हुन्छ, मैले पनि समयलाई सदुपयोग गरे, लेखन कार्य नसा जस्तै भयो र उपन्यासहरु निकाल्न सफल भए । प्रवासमा आफ्नो काम त भई हाल्छ, त्यस पछि बचेको केहि समय उपयोग गर्ने हो भने असम्भब भन्ने कुरा केहि छैन ।
प्रवासी नेपालीहरुको साहित्यमा कतिको रुचि राखेको जस्तो राख्छ ?
सच्चा देशभक्ति बास्तबमा प्रवासी नेपालीहरु नै हुन भन्दा मलाई अलिकती पनि अप्ठ्यारो लाग्दैन । किनकी नेपालका हरेक क्षेत्रहरुमा प्रवासी नेपालीहरुले आ आफ्नो तर्फबाट योगदान पुर्याउदै आउनु भएको पाईन्छ । साहित्यको कुरा गर्नु पर्दा देशमा प्रकाशित सबै साहित्यिक पुस्तकहरु प्रवासमा पुगेका हुन्छन । नेपाली साहित्यको बिकाश प्रवासमा तिब्र रुपमा भएको पाईन्छ । प्रवासी नेपालीहरुले गर्दा नै कतिपय साहित्यकारहरुले आफ्नो लगानी उठाउन सफल भएको देखिन्छ । संक्षिप्तमा भन्नु पर्दा प्रवासी नेपालीहरुको साहित्यमा रुचि बढ्दै गएको देखिन्छ ।
तपाईको पहिलो उपन्यासबाट के कस्ता प्रतिकृया पाउनु भयो ?
हेर्नोस नेपाली साहित्यमा यति धेरै बिकृति छ होला जस्तो मलाई लागेको थिएन, प्जसले पैसा फाल्यो उ एकाएक हिट राम्रो लेखक । मिडीयाहरु पनि पैसामा बिकेकाले अलि समस्या देखीन्छ । मेरो पहिलो उपन्यास उल्कापात बैदेशिक रोजगारमा आधारीत भएको हुनाले खाडीमा यो पढि पढियो र खाडीका नेपालीहरुबाट नै बढि प्रतिकृया पाए । खाडीका हरेक नेपालीहरुको मन छुने पुस्तक हो उल्कापात । सकारात्मक प्रतिकृया पाएको थिए मैले पाठकहरुबाट ।
बजारमा आउँदै गरेको दोस्रो उपन्यासबाट के कस्तो अपेक्षा राख्नु भएको छ ?
पहिलोको उपन्यास भन्दा यो अलि रसिलो छ भन्ने मैले ठानेको छु र यसको बिक्रि ब्यापक हुने अनुमान छ मेरो किनकी यसले सबै बिषयलाई छोएको छ । सरल भाषामा लेखिएको छ ।
तपाई प्रवासमा कार्यरत मान्छे, भुकम्पको कथालाई कसरी जोड्नु भयो ? कि कल्पना मात्रै ?
म पनि भुकम्प पिडीत हु । देशका भुकम्प पिडीतका धेरै टहराहरु भ्रमण गरेको छु, भुकम्प पिडीतहरु संग भलाकुसारी गरेको छु , उनिहरुसंग दुःख सुखहरु साटासाट गरेको छु । तिनै भोगाईहरु उपन्यासमा काल्पनिक पात्र बनाई उल्लेख गरेको हुँ । पात्रहरुले पोखेका पिडाहरु यथार्थ रुपमा पोखिएको छ उपन्यासमा ।
देशमा पुस्तक प्रकाशन गर्नेहरुको लहर चलेजस्तो लाग्दैन तपाईलाई ?
ब्यापक लहर चलेको देखिन्छ उपन्यास प्रकाशनको लागी । पुस्तक निकाल्नु ऋणमा डुब्नु हो भन्ने भनाई अझै पनि यथार्थता भएको पाईन्छ । धेरै पुस्तकहरु अनलाईनमा पाईने भएकोले पुस्तक बिक्रि गर्न गाह्रै देखिख्छ तै पनि उपन्यासहरु बजारमा आएकै छन । प्रकाशन गृहहरुले लेखकहरुसंग पैसा लिएर पुस्तकको क्वालीटी नहेरी प्रकाशन गर्ने हुनाले पनि यो लहर चलको देखिन्छ । प्रकाशन गृहहरुहरुका नितीनियमहरु अलि परिवर्तन हुनु पर्ने देखिन्छ ।
अन्त्यमा केहि भन्न चाहनु हुन्छ कि ?
देश बिदेशमा कार्यरत नेपालीहरुलाई आफ्नो बिचार राख्ने अबसर दिनु भएकोमा तपाई लगायत तपाईको मिडीया टिमप्रति सधै आभारी छु । र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अत्यमा मिहिनेत गर्यो भने प्रवासमा पनि धेरै अबसरहरु छन र बिभिन्न कामहरु गर्न सकिन्छ मात्र ईच्छा शक्ति चाहियो । अनावश्यक कुलतमा नलागी समयको सदुपयोग गरी सिर्जनात्मक काममा लाग्नु हुन सम्पूर्ण प्रवासी नेपालीहरुमा मेरो अनुरोध छ र चालिस लाख नेपालीहरु, तिनलाख टहराबासीहरु अनि प्रेममा फुल्दै गरेका सयौ युवापुस्ताहरुका लागी मेरो बजारमा आउँदै गरेको उपन्यास भुमरी पढिदिनु हुन अनुरोध गर्दछु । यस उपन्यासले तपाईहरुको मन पक्कै छुने मैले अपेक्षा राखेको छु ।
वि.सं.२०७३ चैत २६ शनिवार १४:२९ मा प्रकाशित
























