back
CTIZAN AD

तीव्र गतिमा अगाडि बढ्दै सान्जेनका दुई आयोजना

वि.सं.२०७३ चैत २७ आइतवार

966 

shares

hydro२७ चैत, चैत काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको दुईवटा महत्वपूर्ण आयोजनाको कार्यप्रगति उल्लेखनीय रहेको छ ।

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको हालसम्मको कार्यप्रगति ६० प्रतिशतभन्दा माथि पुगेको छ भने तल्लो सान्जेनको कार्यप्रगति ४० प्रतिशतभन्दा बढी पुगेको छ ।

        गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीको मारमा परेका ती आयोजनालाई तोकिएको समयमा निर्माण सम्पन्न गर्ने गरी आवश्यक गति दिइएको छ । समग्रमा आयोजनाको भौतिक प्रगति उल्लेखनीय रहेको छ । पछिल्लोपटक तल्लो सान्जेन जलविद्युत् आयोजनाको पेनस्टक भल्व चेम्बर सुरुङ निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो ।

“हामीले महत्वपूर्ण सफलता हासिल गरेका छाँै । पेनस्टक भल्भको सुरुङ ब्रेक अप भएको छ” – इन्जिनियर कोइरालाले भन्नुभयो । जलविद्युत् आयोजनामा सामान्यतः मुख्य सुरुङ बनाउनभन्दा पनि यस्ता सुरुङ बनाउने कार्यलाई भने अप्ठ्यारो मानिन्छ ।

दुईवटै आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ भने इन्धन अभाव र भूकम्पका कारण लागत बढ्ने देखिएको छ । माथिल्लो सान्जेनको कुल दुई हजार एक सय मिटर सुरुङमध्ये अब केहीमात्रै बाँकी छ । तल्लो सान्जेनको पनि सुरुङ तथा अन्य भौतिक निर्माणको काम उल्लेखनीय रुपमा अगाडि बढेको छ ।

सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी एक हजार चार सय मिटर लामो सुरुङ र ४८० मिटर लामो पेनस्टक पाइपबाट १४.८ मेगावाट विद्युत् निकाल्ने योजना छ । सो आयोजनालाई माथिल्लो सान्जेन नाम दिइएको छ ।

यस्तै सोही विद्युत् गृहबाट निस्केको पानी एवम् सिम्बुको खोलामा रहेको पानीलाई मिसाई ४२.५ मेगावाट विद्युत् सान्जेनको नाममा निकालिनेछ । हाल आयोजनाको काम लगभग ५० प्रतिशत सम्पन्न भएको छ । दुवै आयोजनाको गरी कुल ५७.३ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

यस्तै चिलिमे हवमा निर्माण गरिने २२० केभी क्षमताको सवस्टेसनमा उत्पादित विद्युत् जोडिनेछ । चिलिमे जलविद्युत् आयोजनाको सफल सञ्चालनपछि हाल आयोजनाले थप चारवटा आयोजना निर्माण गरिरहेको छ । निर्माणको गतिका हिसाबले माथिल्लो सान्जेन र तल्लो सान्जेन प्रगतिमा रहेको छ भने रसुवागढी आयोजना पनि तोकिएको समयमा नै पूरा हुने देखिएको छ ।

 मध्य भोटेकोसी आयोजनाको भने कार्यप्रगति सोचेजति प्रगतिमा छैन । सो आयोजनालाई पनि युद्धस्तरमा अगाडि बढाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण आवश्यक निर्देशन दिइसकेको छ ।

वि.सं.२०७३ चैत २७ आइतवार ०३:४२ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...